6 years ago
September 2, 2018
जाकार्ता (हाम्रो खेलकुद) – नेपाललाई इन्डोनेसियामा आज सम्पन्न हुने १८ औं एसियाली खेलकुदमा नेपाललाई पदक विहिन हुनबाट जोगाउने प्याराग्लाइडिङ पुरुष टोली आज स्वदेश फर्कदैछ । विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा रहेको टोलीले पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको थियो ।
सबै खेलाडीले टाक्स पुरा गर्दै नेपाललाई दोस्रो पटक रजत पदकको उपलब्धी दिलाएका थिए । समूहगत खेलमा नेपालले जितेको त्यो पहिलो पदक हो । यसअघि नेपालले सबै पदक व्यक्तिगत प्रतिस्पर्धामा जितेको थियो । नेपालले यसअघि जितेका २३ मध्ये तेक्वान्दोले १ रजतसहित १३ कास्य तथा बक्सिङ र करातेले समान ३ कास्य पदक जितेका थिए ।
सन् १९९८ मा सविता राजभण्डारीले तेक्वान्दोमा रजत पदक जितेकी थिइन् । यस पटक नेपालले २९ खेलमा १ सय ८५ खेलाडीलाई उतारेको थियो । तर, सबै खेलले निराश बनाउँदा पहिलो पटक समावेश प्यराग्लाइडिङले नेपाललाई पदक विहिन हुनबाट जोगाएको थियो । नेपाल स्वर्ण विजेता जापानभन्दा २७ अंकले मात्रै पछि प¥यो ।
पाँचौ राउन्डको खेल सकिदा नेपालले ११ हजार ३ सय ६४ जोडेको छ । पहिलो स्थानमा रहेको जापानले ११ हजार ३ सय ९१ अंक जोड्यो । यसअघिका दुई सस्करणमा पनि नेपालले एक एक कास्य पदकमा सन्तोष गर्नु परेको थियो । २०१० को ग्वान्जाउ एसियाडमा बक्सिङका दीपक महर्जन र २०१४ को इन्चोन एसियाडमा करातेकी विमला तामाङले कास्य पदक जितेकी थिइन् ।
February 6, 2025
एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो । पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे। १९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं […]
February 6, 2025
एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]