9 years ago
February 23, 2016
काठमाडौं, फागुन ११
आयोजक आर्मीको ए र बी टिम बीच सेमिफाइनलमा भिड्ने पक्का भएको छ ।
मंगलवार भएको लिग खेलमा आर्मीको बी टिमले पश्चिमाञ्चललाई हराए पछि अन्तिम चारमा प्रवेश गरेको हो । सेमिफाइनल प्रवेशका लागि दुवै टिमले जित्नै पर्ने अवस्थामा आर्मी बीले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा पराजित ग¥यो । आर्मीले पश्चिमाञ्चलमाथि २५–१८, २५–१९ र २५–१२ को सहज जित निकाल्यो । त्यस्तै अन्य खेलमा पुलिस, एपीएफ र मध्यामञ्चलले जित निकाले । पुलिसले पूर्वाञ्चललाई २५–१४, २५–२० र २५–२० को सोझो सेटमा हरायो ।
लिगका तीनै खेल जितेको पुलिस समूह कबाट बिजेताको रुपमा सेमिफाईनल प्रबेश गरेको छ । समूह बी मा रहेको एपीएफले मध्यपश्चिमाञ्चललाई २५–१२, २५–२० र २५–१८ को सोझो सेटमा हरायो । एपीएफले ३ खेलबाट ६ अंक बनाएर सेमिफाईनल प्रवेशका लागि पकट बलियो बनाएको छ । मध्यामञ्चलले सूदुर पश्चिमाञ्चललाई २५–१८,२५–२३ र २५–२२ को सोझो सेटमा हराउदै पहिलो जित निकालेको छ ।
बुधवार लिग चरणको अन्तिम खेलहरु हुनेछन् ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तान र युएइमा संयुक्त रुपमा आयोजना हुने च्याम्पियन्स ट्रफी २०२५ का सबै खेलको नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार प्रतियोगिताका सबै खेल आइसिसी डट टिभिमा प्रत्यक्ष प्रशारण हुने जनाएको हो । प्रत्यक्ष प्रसारण हेर्न एप स्टोर तथा प्ले स्टोरबाट आइसिसी टिभी डाउनलोड गर्नु पर्नेछ । पाकिस्तान […]