7 years ago
August 30, 2018
जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलको वरीयता खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजितभएको हो ।
एसियाडको नियमअनुसार सहभागी २० टोलीको वरीयता निर्धारणका लागि पराजित टिमहरुबीच पुन खेल खेलाउने गर्दछ । नेपालले १३औं देखि १८औं वरीयताको खेलमा मंगोलियामाथि ३–१ को जित निकाल्दै १३ देखि १६औं वरीयतामा रहेको थियो । मंगोलियामाथिको जित एसियाड भलिबलमा नेपालको पहिलो जित हो । यसअघि नेपालले एसियाडमा जित निकाल्न सकेको थिएन ।
गोर बुलुनगन स्टेडियममा बिहिबार भएको खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो सेट २५–२३ ले जित्न सफल भएको थियो । तर, त्यसपछिको तीन सेट नेपालले १६–२५, २४–२६ र २१–२५ ले गुमाउन पुग्यो ।
दोस्रो सेटमा श्रीलंकासामु निरिह देखिएपनि नेपालले तेस्रो सेटमा एक समय चार अंकले पछि परेपति उत्कृष्ट खेल पस्केको थियो । २४–२४ को बराबरीको अवस्थामा खेल रहँदा नरेन्द्र गिरी र मानबहादुर श्रेष्ठले गल्ती गरेपछि नेपालले तेस्रो सेट गुमाउन पुगेको थियो । चौथो सेटमान शुरुबाटै अग्रता लिएपनि नेपालले त्यो अग्रतालाई जोगाउन सकेन ।
अब नेपालले १५औं र १६औं वरीयताको लागि भियतनाम वा किर्गिस्तानबीचको पराजित टिमसँग शुक्रबार खेल्नेछ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]