7 years ago
August 28, 2018
जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ ।
नेपाली भलिबल टाली । फाइल तस्बिर
गोर बुलुनगन स्टेडियममा मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियामाथि ३–१ को जित निकालेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो सेट २८–२६ ले गुमाएको थियो । तर, त्यसपछि खेलमा पूनरागमन गरेको नेपालले दोस्रो सेटमा २५–१६ को सहज जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा नेपाल ३०–२८ ले विजयी हुन सफल भयो । चौथो सेटमा खेलमा पछि परेर पनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै २५–१९ को जित निकाल्न सफल भयो ।
समूह चरणमा चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको नेपालको एसियाड भलिबलम यो पहिलो जित हो । एसियाडको नियमअनुसार सहभागी २० टोलीको वरीयता निर्धारणका लागि पराजित टिमहरुबीच पुन खेल खेलाउने गर्दछ । नेपालले १३औं देखि १८औं वरीयताको लागि खेलेको हो । यो वरीयताका लागि नेपालसँगै मंगोलिया, काजकस्तान र किर्गिस्तान रहेका छन् ।
नेपालले अब श्रीलंका र भियतनाममध्ये एक टोलीसँग खेल्नेछ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]