9 years ago
February 21, 2016
काठमाडौं, फागुन ९ ‘प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल’ प्रतियोगिताको पहिलो दिन सुुदूरपश्चिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् ।
प्रतियोगिता अन्र्तगत आइतबार सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा भएको पहिलो खेलमा सुदुरपश्चिमले मध्यपश्चिमलाई पराजित गरेको हो । यस्तै नेपाल प्रहरीले प्रतियोगिताको बलियो मानिएको पश्चिमाञ्चललाई पराजित ग¥यो । त्यस्तै आइतबारै भएको अर्काे खेलमा आयोजक त्रिभुवन आर्मी क्लबको ‘ए’ टिमले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई तथा त्रिभुवन आर्मी क्लबको ‘बी’ टिमले पुर्वाञ्चललाई पराजित ग¥यो ।
नागरिक–सैनिक सम्बन्ध सुदृढ बनाउंदै लैजान एवम् नेपाली सेनाको तर्पmबाट खेलकुदको बिकासमा समेत थप टेवा पु¥याउने उद्धेश्य अनुरुप महाशिवरात्री तथा सेना दिवस–२०७२ को अवसर पारेर सेनाले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको विजेताले तीन लाख रपैया प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही १० हजार तथा प्रतियोगिताको सर्वाेत्कृष्ट हुने खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ । यस किसिमको प्रतियोगिताले नागरिक–सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्धत पुग्नुको साथै राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलकुदको बिकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ । प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव ‘ए’ र ‘बी’ टिम लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई तथा विगतका पाँच विकाश क्षेत्रका पाँच भलिबल टिमगरी नौ टिमको सहभागिता रहेको छ । । प्रतियोगिता फागुन १४ गतेसम्म संचालन हुनेछ ।
सोही अबसरमा सेनापति क्षत्रीले १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई विभिन्न विधामा पदक जित्न सफल नेपाली सेना तथा नेपाली सेनासँग आवद्ध खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेका थिए । १२ औं सागमा नेपालले प्राप्त गरेको कुल पदकमध्ये नेपाली सेना र नेपाली सेनासँग आबद्ध खेलाडीहरुले व्यक्तिगततर्फ २ र सामुहिक तर्फ १ गरी कुल ३ स्वर्ण, ११ रजत र १८ कास्य गरी जम्मा ३२ पदक हासिल जितेका थिए ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तान र युएइमा संयुक्त रुपमा आयोजना हुने च्याम्पियन्स ट्रफी २०२५ का सबै खेलको नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार प्रतियोगिताका सबै खेल आइसिसी डट टिभिमा प्रत्यक्ष प्रशारण हुने जनाएको हो । प्रत्यक्ष प्रसारण हेर्न एप स्टोर तथा प्ले स्टोरबाट आइसिसी टिभी डाउनलोड गर्नु पर्नेछ । पाकिस्तान […]