7 years ago
August 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली राष्ट्रको खेलकुदको कुम्भमेला इन्डोनेसियाको जाकार्तामा शनिबार औपचारिक उद्घाटन भएको छ । एसियाडको दोस्रो दिन आज नेपालले विभिन्न १० खेलमा प्रतिस्पर्धा गर्दैछ ।
नेपालले आज पदकको सम्भावना भनेको तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छ । नेपालले तेक्वान्दो बाहेक फेन्सिङ, फुटबल, कवड्डी, सेपाकताक्रो, सुटिङ, पौडी, टेनिस, कुस्ती र उसुमा प्रतिस्पर्धा गर्दैछ ।
तेक्वान्दोका लागि नेपाली टोली तयार रहेको तेक्वान्दोका प्रशिक्षक दीपक विष्टले बताएका छन् । उनले नेपालले दक्षिण कोरियामा राम्रो तयारी गरेकाले जाकार्तामा उत्कृष्ट पदर्शन हुने बताए । मेन स्टेडियम नजिक रहेको कर्भहलमा हुने तेक्वान्दोको पुम्सेको इभेन्ट आइतबार हुने छ ।
पुरुष एकल पुम्सेको राउन्ड अफ १६ मा नेपाल कमल श्रेष्ठले ताइपेगका चेन चाङ्गको सामना गर्ने छन् । त्यसैगरि महिलातर्फ पार्वती गुरुङले चाइननीज ताइपेकी लिओको सामना गर्नेछिन् । महिला टिम पुम्सेमा नेपालका निता गुरुङ, पार्वती गुरुङ र सिना लिम्बुले उज्वेकिस्तानको टिमको सामना गर्ने छ । नेपालले पुम्सेमा उत्कृष्ट प्रदर्शन गर्ने विष्टले दावी गरे ।
त्यसैगरि कुस्तीतर्फ भगवती साहतेली, सुरेश चुनारा र सरोज यादवले प्रतिस्पर्धा गर्ने छन् । उसुमा जुना राईले ५२ केजी महिला सान्दामा भियतनाकी खेलाडीको सामना गर्दैछिन् । मंगलप्रसाद थारुले इन्डोनेसियाका खेलाडीको सामना गर्नेछन् ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]