default_image

7 years ago

August 14, 2018

एथलेटिक्स संघको निर्वाचन भदौ २२ मा

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघको आज हुनुपर्ने निर्वाचन सरेको छ । नेपाल एथलेटिक्स संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्डोनेसियामा हुने एसियन गेम्सका कारण संघको केन्द्रिय कार्यसमितिको साधरण सभा र निर्वाचन सार्नुपरेको जानकारी गरायो ।

संघको गत जेठ २३ गतेको कार्यसमिति बैठकले साउन २९ गते चितवनको सौराहामा चुनावी साधरण सभा गर्ने तयारी गरेको थियो । आज हुने निर्वाचन सरेपछि संघको निर्वाचनको मिति भदौ २२ गतेलाई तोकिएको छ । ‘हामी जुनुसुकै बेला पनि निर्वाचन गर्न तयार छौं । तर, राष्ट्रिय खेलकुद परिषदबाट जाकार्ता र पालेमबाङ एसियाडका कारण र संघको निर्वाचनका लागि केही प्रक्रिया मिलाउनुपर्ने पत्र आएपछि हामी निर्वाचन सार्न बाध्य भयौं, ‘नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले पत्रकार सम्मेलनमा भने, ‘एथलेटिक्स संघ जुनसुकै बेला पनि निर्वाचन गर्न तयार छ । राखेपले पठाएको चार तोक आदेशको जवाफ हामीले पठाइसकेका छौं । अब निर्वाचन रोकिनुपर्ने कुनै कारण छैन ।’

संघले बुधबारै एसियाड टोलीलाई बिदाई बिदाई गरेको छ । नेपाली एथलेटिक्स टोली २२ अगस्टमा इन्डोनेसिया प्रस्थान गर्नेछ । नेपाली टोलीले एक महिनाअघिबाट भारतको कोलकत्तामा विशेष प्रशिक्षण गरेको थियो । नेपाली टोली सोमबार साँझ नेपाल आइपुगेको थियो । नेपाली खेलाडीहरुमा यामसाजन सुनार, गोपीचन्द्र पार्की, कृष्ण बस्नेत, सोम बहादुर कुमाल, सरस्वती भट्टराई र विश्वरुपा बुढा छन् । यामले १०० र २०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछ । सोमबहादुर कुमालले ४०० र ८०० मिटरमा प्रतिस्पर्धा गर्नेछ । यस्तै गोपीचन्द्र पार्की र कृष्ण बस्नेतले म्याराथनमा, सरस्वती भट्टराईले ८०० र १५ सय मिटर र विश्वरुपा बुढाले ५ हजार र १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । एथलेटिक्सका खेलहरु २५ अगस्टबाट हुनेछ ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

ललितपुर स्पोर्टस अवार्ड हुने

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला खेलकुद विकास समितिकि आयोजनामा अर्को वर्ष स्पोर्टस अवार्ड हुने भएको छ। अवार्ड कार्यक्रम २०८२ वैशाख २७ गते सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुने बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको उपस्थितिमा आज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। २०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

Success

Thank you for your time.