default_image

6 years ago

August 2, 2018

खेलकुद मन्त्रीद्वारा पूर्वाधारको निरीक्षण

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण र मर्मत भइरहेका भौतिक पूर्वाधारको बिहीबार निरीक्षण गरेका छन् ।

Dasarath

खेलकुद मन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित कराते हल, पौडी पोखरी, कन्फ्रेन्स हल, सुटिङ रेन्ज र च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको निरीक्षण गरेका हुन् ।

निरीक्षणका दौरान राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय र सम्बन्धित निर्माण कार्यमा खटिएका इन्जिनियरले कार्य प्रगतिका बारेमा खेलकुद मन्त्री विश्वकर्मालाई जानकारी गराएका थिए ।

सो अवसरमा खेलकुद मन्त्री विश्वकर्माले विगतमा पनि निर्माण कार्यको प्रगति बारे जानकारी लिदै आएको र हालको कामको प्रगति आशा लाग्दो हिसाबले अगाडि बढेको बताउदै १३ औं साग सारा नेपाली र सिंगो राष्ट्रको प्रतिष्ठा र गौरवसंग जोडिएको विषय भएको चलि रहेको निर्माण कार्यलाई अझ तीव्र गतिमा बढाएर समयमै सम्पन्न गर्ने दिशामा अगाडि बढ्न आवश्यक रहेको बताए ।

October 15, 2024

साफ च्याम्पियनसिपका लागि थप ३ टोली आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन ३ राष्ट्रिय फुटबल टोली मंगलवार काठमाडौं आइपुगेका छन्। साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारत, साविक विजेता बंगलादेश र श्रीलंका आज आएका हुन्।टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। पाकिस्तानी टोली आइतवार र माल्दिभ्स टोली सोमवार […]

October 15, 2024

एनपिएल गराउनु कानुनविपरीत भएको अख्तरको दाबी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुन अब डेढ महिना बाँकी छ। मंसिर १६ गते सुरु हुने एनपिएलका लागि ८ टोलीको घोषणा, मार्की खेलाडी र नेपाली खेलाडीको अक्सन सकिसकेको छ । कतिपय टोलीले प्रशिक्षक नियुक्त गरिसकेका छन्। यस्तोमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी आमिर अख्तरले नेपाल प्रिमियर […]

October 15, 2024

साम्बाले साफको पहिलो खेल गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बिहीवारदेखि सुरु हुने साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो खेल गुमाउने भएकी छिन् । साफ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल शुक्रबार भुटानसँग खेल्दा साम्बा उपस्थित नहुने पक्का भएको छ । फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बालाई क्लबले आफ्नो लिग […]

Success

Thank you for your time.