default_image

7 years ago

July 13, 2018

एसियन गेम्स – भलिबलमा नेपाल कोरिया र ताइपेसँग भिड्ने

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा भदौमा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरुष भलिबलमा सार्वजनिक भएको ‘ड्र’ अनुसार नेपाली टोलीले समूह ‘डी’ मा दक्षिण कोरिया र  चाइनिज ताइपेसंग खेल्नेछ। पुरुष भलिबलमा २० राष्ट्रको सहभागिता रहेको छ । २० टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टिमले दोस्रो चरणको यात्रा तय गर्नेछ । 

Nepal volleyball

नेपालको राष्ट्रिय भलिबल टोलीले तीन दशक भन्दा लामो समयपछि एसियाली खेलकुद (एसियाड) मा भाग लिंदैछ  । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ सिओल एसियाडमा भाग लिएको थियो । एसियन गेम्सको इतिहासमा नेपालको यो चौथो सहभागिता हुनेछ।

त्यस्तै समूहकै अर्को टोली चाइनिज ताइपेको भने यो आठौँ ताथा कोरियाको १५ औं सहभागिता हुनेछ। दक्षिण कोरिया तीन पटकको विजेता पनि हो। पछिल्लो पटक २००६ मा कतारमा सम्पन्न प्रतियोगितामा चिनलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो।

नेपालले प्रतियोगिता अन्तर्गत २२ अगस्टमा ताइपेसँग पहिलो खेल खेल्नेछ।

22 august

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.