default_image

7 years ago

July 12, 2018

निमा र निशालाई रजत

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रजतपदक जितेका छन् ।

कोरियाको पोहाङमा भएको दोस्रो दिनको खेलमा फाइटतर्फ निमाले ५७ केजीमुनि तौल समूहमा र निशालले ७३ केजी तौलसमूहमाथि नेपाललाई रजत पदक दिलाएकी हुन् । पहिलो खेलमा बाई पाएकी निमाले दोस्रो खेलमा इन्डोनेसियाकी खेलाडीलाई १५–१२ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । यद्यपि, फाइनलमा इन्डोनेसियाकै खेलाडीसँग २२–१० ले पराजित हुदै निमा रजत पदकमै सीमित भइन् ।

निशाले पनि फाइनलमा काजकिस्तानकी खेलाडीसँग ६–४ को प्रतिस्पर्धात्मक खेलमा पराजित हुँदै रजतमै चित्त बुझाइन् । महिलाकै ६७ केजीको सेमिफाइनलमा नेपालकी संगिता बस्याल इन्डोनेसियाकी खेलाडीसँग पराजित भएपछि कांस्यमा सीमित बनिन् । पुरुषतर्फ पहिलो खेलमै कोरियाका खेलाडीसँग पराजित भएका नेपालका वीरबहादुर महरा र भुपेन श्रेष्ठले ‘सी’ क्याटोगरीतर्फ भने मिश्रित सफलाता हात पारे ।

६८ केजी तौल समूहका वीर ‘सी’ क्याटोगरीको सेमिफाइनलमा पनि कोरियाका खेलाडीसँग पराजित हुँदै कांस्य पदकै सीमित भए । सोही क्याटोगरीकै ८० केजीमूनि भुपेनले सेमिफाइनलमा कोरियाका खेलाडीलाई १८–९ ले जित्दै फाइनल यात्रा तय गरेका थिए ।

तर, फाइनलमा मेलेसियाका खेलाडीसँग ११–२० ले स्तब्ध भएपछि रजत पदकमै चित्त बुझाए । टिम फाइटतर्फ भने शुक्रबार खेल हुने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए । विष्टले यो खेलबाट राम्रो अनुभवी लिँदै आगामी इन्डोनेसियामा हुने एसियन गेम्समा खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । नेपाली टोली हाल ओलम्पियनद्वय संगिना बैद्य र दीपक विष्टको विशेष प्रशिक्षणमा कोरियामा रहेका छन् ।

नेपाली टोली आगामी १५ अगस्टमा एसियन गेम्समा सहभागी हुन कोरियाबाटै इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । शनिबार भएको खेलमा बायर्नले सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ तथा ह्यारी केनले १ गोल गरे । पाहुना टोली पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.