9 years ago
February 10, 2016
गुवाहटी, माघ २७
भारतको गुवाहटी र सिलोङमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले छैठौं दिन आज ६ रजत पदक जितेको छ । सिलोङमा बुधबार भएको उसुको थाउलोतर्फ २ रजत र सान्सुतर्फ ४ रजत गरी नेपालले ६ रजत पदक जितेको हो ।
नेपालका लागि हरिप्रसाद गोले, सविता राई, विन्दु पुन मगर र राजेश चौधरी, झरना गुरुङ र जुनी राईले रजत पदक जितेका हुन् । हरिप्रसाद गोलेले उसुको थाउलो स्पर्धामा पहिलो चरणमा ९.०१ र दोस्रो चरणमा पनि समान अंक प्राप्त गर्दै कुल १८.०२ अंकका साथ रजत पदक जितेका हुन् । उसुको महिला थाउलो अन्तर्गत ताइचिक्वान स्पर्धामा सविता राईले रजत जितेकी छिन् । उनले पहिलो चरणमा ९.१५ अंक र दोस्रो चरणमा आज ८.५५ गरेर कुल १७.७० अंक प्राप्त गर्दै रजत जितेकी हुन् । उसुको पुरुष सान्सुतर्फ ५६ केजी तौल समूहमा नेपालका राजेश चौधरीले रजत पदक दिलाए । स्वर्ण पदकका लागि आज भएको प्रतिस्पर्धामा भारतीय खेलाडी रवि पञ्चलसँग २–० ले पराजित भएपछि राजेशले रजतमै चित्त बुझाउनु परेको हो ।
त्यस्तै, आजै भएको उसुतर्फको महिला सान्सु ७० केजी तौल समूहमा नेपालकी विन्दु पुन मगरले रजत पदक जितेकी हुन् । स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा भारतकी पूजा काडियासंग २–० ले पराजित हुदै विन्दुले रजत पदक जितेकी हुन् । उसुको महिला सान्सुतर्फ नेपालकी झरना गुरुङले पनि रजत पदक जितेकी छिन् । ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी झरना भारतीय खेलाडी युमनाम सनाथोइसंग२–० ले पराजित हुदै रजत पदकमा सिमित बनेकी हुन् । त्यस्तै, उसुकै सान्सुतर्फ महिला स्पर्धाको ६० केजी तौल समूहमा नेपालकी जुनी राइले पनि रजत पदक मै चित्त बुझाएकी छिन् ।
छैठौ दिनसम्म नेपालको पदक संख्या २९ पुगेको छ । नेपालले हालसम्म एक स्वर्ण, ११ रजत र १७ कास्य पदक जितेको छ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]