default_image

9 years ago

February 10, 2016

१२औं सागः उसुमा गोले र राईलाई रजत

130 views

0 Bookmark

सिलोङ, माघ २७ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन उसुमा दुई रजत थपिएको छ ।

saag logo
नेपालका लागि हरिप्रसाद गोले र सविता राईले उसु अन्तर्गत थाउलो स्पर्धामा रजत जितेका हुन् । मंगलबार ९.०१ अंक प्राप्त गरेका गोलेले बुधबार समान ९.०१ अंक नै प्राप्त गर्दै कुल १८.०२ अंकसहित रजत पदक जितेका हुन् । सो स्पर्धामा भारतका एम ग्यानदास सिंहले कुल १८.७९ अंकसहित स्वर्ण जिते ।
यस्तै खोटाङकी सविता राईले उसुमा नेपाललाई रजत पदक दिलाइन् । राईले १७.७० अंकसहित रजत जितिन् । सोही स्पर्धामा भारतकी सरातम्बप् छानुले १८.६२ अंकसहित स्वर्ण तथा पाकिस्तानकी कोमल इमान्युयलले कास्य जितिन् ।

December 25, 2024

ललितपुर मेयर कप भेट्रान फुटबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)- श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । जावलाखेलको फुटबल मैदानमा पुस २२ गते सुरु हुने प्रतियोगितामा २२ टोलीको सहभागिता निश्चित गरिसकेको बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी गराए । ३२ टोली सहभागी […]

December 25, 2024

चर्च ब्वाइज फाल्गुनन्द गोल्डकप सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर झापा कप जितेको दोस्रो दिन बुधवार चर्च ब्वाइज युनाइटेड क्लब ११औं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वाटरफाइनल खेलमा खेलमा विराटनगर सिटी एफसीलाई ७-१ ले हराउँदै चर्च ब्वाइज अन्तिम ४ मा पुगेको हो। चर्च ब्वाइजको जितमा समिर तामाङ र विदेशी खेलाडी अर्मान्ड बेयुडुमले ह्याट्रिक गरे । अर्को गोल विदेशी खेलाडी  फोफनाको […]

December 25, 2024

सूर्य नेपाल इस्टर्न ओपन – निरजको सानदार प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन बुधवार ८-अन्डर ६२ को प्रभावशाली बोगी रहित स्कोरमा निरज तामाङ शीर्षस्थानमा रहेका छन्। घरेलु प्रो निरजले धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहे। धरान स्थित धरान गल्फ क्लबमा आज निरजले ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड दर्ज गर्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा […]

Success

Thank you for your time.