default_image

9 years ago

February 6, 2016

१२औं साग गेम्स्को दोस्रो दिन नेपाललाई एक रजत र दुई कास्य

73 views

0 Bookmark

गुहावटी, माघ २३ । १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत नेपालले दोस्रो दिन शनिबार दुई कास्य र एक रजत जित्न सफल भएको छ ।



सागअन्तर्गत कुस्तीमा एक कास्य तथा भारत्तोलनमा १ रजत र १ कांस्य जितेको छ । नेपालले पुरुषमा रजत र महिलामा कांस्य जित्यो ।
पुरुषको ६२ केजीमा विकास थापाले नेपाललाई रजत दिलाए । उनले स्न्याचमा १ सय १२ र क्लिन एन्ड जर्कमा १ सयdevi chaudahri ३० गरी कूल २ सय ४२ केजी भार वहन गरे । जम्मा २ सय ६५ केजी भार उचालेका श्रीलंकाली खेलाडीले स्वर्ण हात पारे ।

महिलाको ५३ केजीमा देवीकुमारी चौधरीले कांस्य हात पार्ने क्रममा स्न्याचतर्फ ५४ र क्लिन एन्ड जर्कमा ७५ गरी जम्मा १ सय २९ केजी वजन उठाइन् ।
यस्तै पुरुष कुस्तीको ६५ केजीमा नेपालका सरोज यादवले कांस्य जिते ।

महिला भलिबलमा नेपाल सेमिफाइनलमा
भारतको गुवाहटीमा भइरहेको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाल शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल अफ्गानिस्तानबाट वाक ओभर पाउदै समूह ‘क’ को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । अघिल्लो दिन नेपाल श्रीलंकासंग ३–० ले पराजित भएको थियो ।

उक्त समूहमा पुरुषमा समूह ‘ए’ को लिग खेलमा भारतले नेपाललाई ३–० ले हरायो । नेपाल २५–१५, २५–१६ र २५–१५ ले चुक्यो । नेपाल रहेको समूहमा श्रीलंका र पाकिस्तान छन् ।

September 20, 2024

बाँकेकी गीता र आर्मीका मुकेश रात्री दाैडमा च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज १० किमी नाइट रनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् । धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण विशेष बनाउन ‘दशाैंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको १० किलोमिटर रात्री दाैडमा महिला खुलातर्फ ५९ मिनेट १६:५२ सेकेन्ड पूरा गर्दै गीता पहिलो भएकी हुन् । काेहलपुरकी […]

September 20, 2024

पुलिस एक खेल अगावै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेल अगावै फाइनल पुगेको छ । खेलेका सबै ४ खेल जितेर ११ अंक जोड्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । बिहीवार माल्दिभ्सको घरेलु टोली वाम्कोलाई पुलिसले ३-२ को सेटमा पराजित गरेको हो।  रोमान्चक पहिलो सेट पुलिसले २१–२५ ले गुमायो […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

Success

Thank you for your time.