9 years ago
February 6, 2016
पर्वत २३ माघ । स्याङ्जा र म्याग्दी पश्चिमाञ्चल स्तरीय अन्तर जिल्ला प्रथम ‘नव जागृत कप २०७२’ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा स्याङ्जाले घरेलु टोली पर्वत तथा म्याग्दीले गुल्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
समूह चरणको शनिबार भएको अर्काे खेलमा कास्कीसँग पराजित भएपनि पर्वतले क्वाटरफाइनलमा स्थान बनाएको थियो । पर्वत कास्कीसँग २५–२०, २५–२२ र २५–२१ को सोझो सेटमा पराजित भएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा स्याङ्जाले पर्वतलाई ४–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेपनि पर्वतले त्यसपछिको तीनै सेट गुमायो । निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट स्याङ्जाले २५–२३ ले जित्यो । तेस्रो सेट पनि समान २५–२३ ले नै आफ्नो पक्षमा पारेको स्याङ्जाले चौथो सेट २५–१८ ले जित्यो ।
यस्तै दोस्रो क्वाटरफाइनल खेलमा उपाधिको बलियो दावेदार मानिएको गुल्मीलाई म्याग्दीले ३–० को सोझो सेटमा पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट म्याग्दीले २८–२६ जितेको थियो । दोस्रो र तेस्रो सेट क्रमशः २५–२१, २५–२१ ले नै जित्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो ।
यस्तै शनिबारै भएको अर्काे खेलमा तनँहु र नवलपरासीले आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । तनँहुले बाग्लुङलाई २५–२१, २५–१८ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । यस्तै नवलपरासीले रुपन्देहीलाई पनि ३–० कै सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइएको हो । पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको नवलपरासीले दोस्रो र तेस्रो सेट क्रमशः, २५–२० र २५–१८ ले जित्यो ।
माघ २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टिमले ५० हजार रुपैया प्राप्त गर्नेछ । तेस्रो पुरस्कार प्रतियोगिताको व्यवस्थापक तथा पुर्व भलिबल खेलाडी अरुण श्रेष्ठका तीन भाईले गरेका हुन् । यस्तै विधागत उत्कृष्ट हुनेले पनि जनही तीन–तीन हजार रुपैया प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्र्तगत आइतबार सेमिफाइनलका एक तथा क्वाटरफाइनलका दुई खेल हुनेछ ।
आइतबार हुने सेमिफाइनल प्रवेशका पहिलो खेलमा कास्की र तनँहु तथा स्याङ्जा र म्याग्दी खेल्नेछ ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]