7 years ago
June 9, 2018
काठमाडौ (हाम्रो खेलकुद) – महिला भलिबलको सशक्त टोली विभगीय नेपाल एपिएफ क्लब चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । एपिएफको यो सिजनको तेस्रो उपाधि हो । एपिएफले यसअघि शेरबहादुर खड्का स्मृति महिला भलिबल र सभामुख कप भलिबलको उपाधि जितेको थियो । न्यु डायमण्ड भने गत माघमा भएको न्यु डायमण्ड कप यता उपाधि बिहीन छ । नियमित सेटर कृपा अधिकारी विनाको डायमण्डले पश्चिमाञ्चलका कप्तान मञ्जु गुरुङ र अुरुण शाहीलाई आफ्नो टिमबाट उतारेपनि एपिएफविरुद्ध जित हात पार्न सकेन ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा एपिएफले पहिलो सेट २५–१४ ले सहजै जित्दै खेललाई आफ्नो नियन्त्रणमा लिएको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको दोस्रो सेट मुस्किलले २५–२३ ले आफ्नो पक्षमा पारेको एपिएफले तेस्रो सेट जित्न पनि खासै मिहेनत गर्नुपरेन । एपिएफले तेस्रो सेट २५–१९ ले जित्न सफल भयो । लिग चरणमा एपिएफलाई पराजत गर्दाको जस्तो खेल फाइनलमा न्यु डायमण्डले प्रदर्शन गर्न नसक्दा पराजित हुन पुग्यो ।
विभागीय डर्बीमा पुलिसले आर्मीमाथि ३–० को सहज जित निकाल्दै तेस्रो स्थान हात पार्यो । पुलिसले आर्मीकाथि २५–१८, २५–२३ र २५–१२ को सहज जित निकाल्यो । उपाधिसँगै एपिएफले २ लाख रुपैयासहित शिल्ड र मेडल प्राप्त गर्यो । दोस्रो स्थानमा चित्त बुझाएको डायमण्डले १ लाख रुपैया पायो । तेस्रो भएको पुलिसले ५० हजार तथा चौथो भएको आर्मीले २५ हजार रुपैया प्राप्त गर्यो ।
मुख्य प्रायोजक राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ, नेपाल सेटलाइट टेलिकम प्रालिकी कार्यकारी निर्देशक अस्मिता सुमार्गी, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायले पुरस्कार वितरण गरे ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]