7 years ago
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने, फुटबलका किरण कुमार लिम्बु र भलिबलका चर्चित खेलाडी मान बहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसकाका नम्बर १ स्यान्टु श्रेष्ठले एनएसजेएफ पल्सर पिपुल्स च्वाइस अवार्ड जितेका छन्।
कुल ३ लाख ४४ हजार ३ सय ८५ भोटमध्ये स्यान्टुले ४१.५१ प्रतिशत मत प्राप्त गरे। त्यस्तै दोस्रो स्थानमा भलिबलका मानबाहादुरले २१.६५ प्रतिशत, तेस्रोमा क्रिकेटका सन्दीपको १५.०१, चौथोमा फुटबलका किरणको १३.३२ र पाँचौ स्थानमा गल्फकी प्रतिमा शेर्पाले ८.४५ प्रतिशत मत प्राप्त गरिन्।
यसपटक एसएमएस, फेसबुक लाइक्स, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्यको मतका आधारमा यस विधाको विजेता छनोट भएको थियो।
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिग फुटबलको फाइनलमा स्थान बनाउँन नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । विभागीय डर्बीका रुपमा रहेको लिगको दोस्रो क्वालिफायरमा आर्मी र पुलिस आमने सामने हुन लागेका हुन् । दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः४५ मा सुरु हुदैछ । इलिमिनेटर खेलमा बागमती युथ क्लबलाई पराजित गरि […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालकाे घरेलु मैदानमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने थाइल्याण्डको टोलीको घोषणा भएको छ । थाइल्याण्ड क्रिकेट संघले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्रिकोणात्मक सिरिज टियु क्रिकेट मैदानमा बिहीवारबाट सुरु हुदैछ । त्रिकोणात्मक सिरिजमा नेपाल र थाइल्याण्डको अलावा नेदरल्याण्ड्सको महिला टोलीको सहभागिता रहनेछ । थाइल्याण्डको पहिलो खेल ३१ जनवरीका […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतवार भएको खेलमा गल्फले सारजहा वारियर्सलाई ६ विकेटले पराजित गरेको हो । गल्फले सातौं खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन । १ सय ७२ रनको लक्ष्य गल्फले निर्धारित […]