7 years ago
May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले बर्षको पहिलो उपाधिका रुपमा शनिबार केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता जित्दा टोलीका महत्वपूर्ण खेलाडी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् भने रेश्मा भण्डारी शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित भइन् । सरस्वती र रेश्मा दुवैले घडी र १० हजार रुपैयाँ प्राप्त गरे ।
तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद
अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० (२५-१२,२५-१९,२५-१७) को सोझो सेटमा हराउँदै एपिएफले बर्षको पहिलो उपाधि जितेको थियो । एपिएफ महिला भलिबलको सबैभन्दा सफल टोली हो । गत वर्ष १० वटा फाइनल खेलेको एपिएफले ९ वटा उपाधि जितेको थियो ।
प्रतियोगितामा उच्च प्रदर्शन गर्नेमध्येको एकजनालाई शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित गरिएको आयोजक शेरबहादुर स्मृति प्रतिष्ठानले जनाएको छ ।
प्रतियोगिता व्यक्तिगत विधातर्फ शवम् न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स र कप्तान ललितानाथ उत्कृष्ट क्वीकर घोषित भए । पुलिसकी कमला पुन उत्कृष्ट सेटर र मनिषा चौधरी उत्कृष्ट ब्लकर घोषित हुदा एपिएफकी उषा विष्ट उत्कृष्ट सर्भर र ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्ष चुनिए । व्यक्तिगत विधातर्फको सबै विजेताले जनही ५ हजार रुपैया प्राप्त गरे ।
विजयी टिम तथा खेलाडीहरुलाई राखेपका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, कन्सई नेरोलिक पेन्टस् (केएनपी) का प्रतिनिधि र शिवम् सिमेन्टका प्रतिनिधिहरु पुरस्कृत गरे । बैशाख २१ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न ६ टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताका उत्कृष्टहरु
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]