7 years ago
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुँदैछन्। नेपाल पुलिस क्लब, शिवम् न्यु डायमण्ड, नेपाल एपिएफ क्लब र पश्चिमाञ्चल भलिबल टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।
पहिलो सेमिफाइनल – एपिएफ विरुद्ध डायमण्ड
आजको पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’ को उपविजेता शिवम् न्यु डायमण्डबीच ११ बजे त्रिपुरेश्वोरस्थित राखेपको कभर्डहालमा खेल हुँदैछ। अघिल्लो संस्करणको फाइनलमा यी दुई टोली भेट्दा नेपाल एपिएफ क्लबले ३-२ ले डायमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो।
एपिएफले समूह चरणमा पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने डायमण्ड पहिलो खेलमा पुलिससँग ३-१ ले पराजित भएपनि दोस्रो खेलमा आर्मीलाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
दोस्रो सेमिफाइनल – पुलिस विरुद्ध पश्चिमाञ्चल
आजको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चलको सामना गर्दैछ। १:३० बजे सुरु हुने दोस्रो खेलमा समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको पुलिसले ‘ए’ को उपविजेताको सामना गर्दैछ। पश्चिमाञ्चलले जावलाखेललाई हिजो भएको खेलमा पराजित गर्दै समूह एको उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको हो भने पुलिसले पहिलो खेलमा डायमण्ड र दोस्रो खेलमा आर्मीलाई ३-१ ले पराजित गर्दै समूह बीको विजेता बनेको थियो।
तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको यस प्रतियोगिताको फाइनल बैशाख २५ गते हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘केएनपी सर्वोकृष्ट खेलाडी’ को उपाधि सहित १० हजार रुपैयाँ प्रदान गरिनेछ । विधागत उत्कृष्टतर्फ ‘शिवम् सिमेन्ट वेष्ट स्पाईकर’, ‘शिवम् सिमेन्ट वेष्ट डिफेन्स’ र ‘शिवम् सिमेन्ट वेष्ट ब्लकर’ को उपाधिबाट एक–एक खेलाडीलाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको वजेट १८ लाख रहेको छ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]