default_image

7 years ago

May 6, 2018

केएनपी भलिबल -पश्चिमाञ्चल सेमिफाइनलमा

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा पश्चिमाञ्चल भलिबल टोलीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५-१३,२५-२० र २५-२० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। 

volleyball second day

समूह ए को पहिलो खेलमा साविक विजेता नेपाल एपिएफसँग ३-० को सोझो सेटमा पराजित पश्चिमाञ्चलले समूहको उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको हो। भोली हुने दोस्रो सेमिफाइनलमा पश्चिमाञ्चलले समूह ‘बी’को विजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ। समूहको दुवै खेलमा कमजोर प्रदर्शन गरेको जावलाखेल भने प्रतियोगिताबाट बाहिरिएको छ।

आजै भएको पहिलो खेलमा शिवम् न्यु डायमण्डले त्रिभुवन आर्मीलाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। डायमण्डले भोलीको पहिलो सेमिफाइनलमा एपिएफको सामना गर्नेछ।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

भोजपुरमा बासिखोरा रन हुने

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]

Success

Thank you for your time.