7 years ago
May 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा शिवम् न्यु डायमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। आर्मी भने समूहमा अन्तिम हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
तस्बिर: विवेक सुवेदी/हाम्रो खेलकुद
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा आर्मीलाई डायमण्डले ३-२ ले पराजित गर्यो। पहिलो सेट २५-१९ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५-१९ ले गुमाएको थियो।
तेस्रो सेट २५-१८ ले डायमण्डले जितेको थियो भने २५-२२ ले चौथो सेट आर्मीले जितेपछि पाँचौ सेट निर्णायक भएको थियो। पाँचौ सेटमा १५-१० को जित निकाल्दै डायमण्डले सेमिफाइनलमा स्थान पक्का गर्यो। आफ्नो पहिलो खेलमा दुवै टोली नेपाल पुलिस क्लबसँग ३-१ ले पराजित भएपछि यो खेल निर्णायक रह्यो।
आजनै समूह ए को अन्तिम खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र पश्चिमाञ्चल भलिबल टोली भिड्ने छन्। यस खेलको विजेताले पनि सेमिफाइनलमा स्थान बनाउने छ। अहिलेसम्म नेपाल पुलिस क्लब, नेपाल एपिएफ र शिवम् न्यु डायमण्ड एकेडेमीले अन्तिम ४ मा स्थान बनाएका छन्। भोलीको पहिलो सेमिफाइनलमा न्यु डायमण्ड एकेडेमीले एपिएफको सामना गर्नेछ। दोस्रो सेमिफाइनलमा पुलिस क्लब र आजको दोस्रो खेलको विजेता प्रतिस्पर्धा गर्नेछन्।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]