default_image

7 years ago

May 6, 2018

केएनपी महिला भलिबल – सेमिफाइनलका बाँकी दुई स्थानका लागि चार टोली भिड्दै

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दुई टोली सेमिफाइनल पुगिसकेका छन् । सेमिफाइनलमा पुगन बाँकी दुई स्थानका लागि आज चार टोली प्रतिस्पर्धामा छन् । आइतबार हुने खेलबाट बाँकी दुई टोलीको टुंगो लाग्ने छ।

Tribhuwan Army

नेपाल एपिएफ क्लब समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगिसकेको छ । पहिलो दिन जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई र शनिबार दोस्रो दिन पश्चिमाञ्चल भलिबल टोलीलाई ३–० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको थियो ।

पहिलो खेलमा शिवम् न्यु डायमण्ड एकेडेमीलाई हराएको समूह ‘बी’ को विजेता नेपाल पुलिस क्लबले शनिबार त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

आज हुने समूह चरणको दुई खेलमा, दुवै खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउने छ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ । पहिलो खेलमा ११ बजे शिवम् न्यु डायमण्ड एकेडेमीले आर्मीको सामना गर्दैछ। त्यस्तै १ः३० बजे जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई र पश्चिमाञ्चल भलिबल टोली भिड्ने छन् ।

तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको प्रतियोगिताको फाइनल बैशाख २५ गते हुनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘केएनपी सर्वोकृष्ट खेलाडी’ को उपाधि सहित १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

Success

Thank you for your time.