default_image

7 years ago

May 5, 2018

आर्मीलाई पराजित गर्दै पुलिस केएनपी महिला भलिबलको सेमिफाइनलमा

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी क्लबलाई ३-१ ले पराजित गर्दै नेपाल पुलिस क्लब चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘बी’ को दुवै खेल जित्दै पुलिस समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो। 

आर्मी विरुद्ध रोमाञ्चक खेलमा पहिलो सेटमा पराजित भएको पुलिसले पछिल्लो तीन सेटमा जित हासिल गरेको थियो। निकैनै प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिस २५-२३ ले पराजित भएको थियो। पछिल्लो तीन सेट २५-२०, २५-१६ र २५-१९ ले विजयी हुँदै पुलिसले समूहमा दोस्रो जित हासिल गर्यो। हिजो भएको पहिलो खेलमा अघिल्लो संस्करणको उपविजेता शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो।

आजै भएको पहिलो खेलमा नेपाल एपिएफले पश्चिमाञ्चल भलिबल टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो। 

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता अन्तर्गत भोली समूह चरणको बाँकी दुई खेल हुनेछन्। पहिलो खेलमा ११ बजे शिवम् न्यु डायमण्डले आर्मीको सामना गर्नेछ भने दोस्रो खेलमा १:३० बजे पश्चिमाञ्चलले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सामना गर्नेछ। दुवै खेलको विजेताले समिफाइनलमा स्थान बनाउने छ। खेल हाम्रोखेलकुद डट कमको फेसबुकबाट प्रत्यक्ष आउने छ।

तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको यस प्रतियोगिताको फाइनल बैशाख २५ गते हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘केएनपी सर्वोकृष्ट खेलाडी’ को उपाधि सहित १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

विधागत उत्कृष्टतर्फ ‘शिवम् सिमेन्ट वेष्ट स्पाईकर’, ‘शिवम् सिमेन्ट वेष्ट डिफेन्स’ र ‘शिवम् सिमेन्ट वेष्ट ब्लकर’ को उपाधिबाट एक–एक खेलाडीलाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको वजेट १८ लाख रहेको छ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

Success

Thank you for your time.