default_image

7 years ago

May 5, 2018

केएनपी महिला भलिबल – विभागीय डर्बीमा पुलिस र आर्मी भिड्दै

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन शनिबार विभागिय डर्बीमा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब भिड्दै छन्। दिनको दोस्रो खेल १:३० मा सुरु हुनेछ। 

Police win

पहिलो खेलमा शिवम् न्यु डायमण्ड एकेडेमीलाई हराउने क्रममा नेपाल पुलिस क्लब। तस्बिर: विवेक सुवेदी।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल पुलिस क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो। नेपाल आर्मी क्लबले भने आज पहिलो खेल खेल्दैछ।

आजको पहिलो खेलमा भने साविक विजेता नेपाल एपिएफ क्लबले पश्चिमाञ्चल भलिबल टोलीको सामना गर्नेछ। खेल दिनको ११ बजे सुरु हुँदैछ। एपिएफले पहिलो दिनको खेलमा  जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो भने पश्चिमाञ्चलको आज यो पहिलो खेल हुनेछ।

तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको यस प्रतियोगिताको फाइनल बैशाख २५ गते हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘केएनपी सर्वोकृष्ट खेलाडी’ को उपाधि सहित १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

विधागत उत्कृष्टतर्फ ‘शिवम् सिमेन्ट वेष्ट स्पाईकर’, ‘शिवम् सिमेन्ट वेष्ट डिफेन्स’ र ‘शिवम् सिमेन्ट वेष्ट ब्लकर’ को उपाधिबाट एक–एक खेलाडीलाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको वजेट १८ लाख रहेको छ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.