7 years ago
April 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले अहिले सम्मकै ठूलो सफलता प्राप्त गर्ने हो भने बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको आजको खेल जित्नु पर्ने हुन्छ ।
नेपालले तुर्केमिनिस्तानसँग आज हुने सेमिफाइनल जितेमा कम्तीमा रजत पदक पक्का गर्नेछ । यसअघि सोही प्रतियोगितामा नेपालले कास्य पदक जितेको थियो । जुन नेपाली पुरुष भलिबल टोलीले अहिले सम्म प्राप्त गरेको पहिलो र ठूलो पदक हो ।
खेल नेपाली समयअनुसार ३ बजेपछि मिरपुर इन्डोर स्टेडियममा शुरु हुनेछ । नेपालको खेल ५ बजे हुने भनिएपनि बंगलादेश र किर्गिस्तानको खेल लाइभ हुने भएकाले नेपालको खेल अघि सारिएको हो ।
नेपाल समूह ‘ए’ को विजेता हो भने तुर्केमिनिस्तान समूह ‘बी’ को विजेता हो । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ को सेटमा पराजित भएपनि दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेर सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको नेपाल बंगलादेशले माल्दिभ्सलाई पनि सोझै सेटमा पराजित गरेपछि समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
तुर्केमिनिस्तान समूह ‘ए’ मा अपराजित टोली हो । तुर्केमिनिस्तानले किर्गिस्तानलाई ३–० को सोझो सेटमा तथा उज्वेकिस्तानमाथि ३–१ को जित निकालेको थियो । तुर्केमिनिस्तान च्याम्पियनसिपको उपाधि दाबेदार टोली हो ।
नेपाली टिमका कप्तान इमराना मगरले तुर्कमेनिस्तानलाई पराजित गर्न रिसिभमा सुधार गर्नुपर्ने बताए । ‘उनीहरु राम्रा टोली हुन् । तुर्कमेनिस्तानविरुद्ध पहिलो संस्करणमा हामी लज्जास्पद तरिकाले नै पराजित भएका थियौं । गत बर्ष हामीले उनिहरुलाई कडा टक्कर दिएका थियौं । यसपटक नेपाली टोली पनि राम्रो छ ’ कप्तान इमले भने, ‘उनीहरुको सर्भिस बलियो छ । त्यसैले रिसिभमा सुधार ल्याउने हो भने हामी अघिल्ला खेलको पराजयको बदला लिन सक्षम हुने छौं ।’
नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले पनि तुर्कमेनिस्तानविरुद्धको जितका लागि रिसिभमा मै सुधार ल्याउनुपर्ने बताए । ‘अन्य टोलीको तुलनामा तुर्कमेनिस्तान र नेपालका खेलाडीहरुको उचाई उस्तै छ । प्राविधिक र रणनितीक रुपमा हामी पनि तुर्कमेनिस्तान भन्दा कमजोर छैनौं’, प्रशिक्षक भट्टले भने, ‘मात्रै जितका लागि हामीले रिसिभमा सुधार ल्याउनु आवश्यक छ । हामीले रिसिभलाई नै बढी फोकस गरेका छौं ।’
मध्य एसियाका दोस्रो स्तरका टोलीहरुका लागि प्रत्येक बर्ष आयोजना हुदै आएको सेन्ट्रल जोन प्रतियोगिता नेपालका लागि महत्वपुर्ण प्रतियोगिता हो । प्रतियोगितामा ६ टोलीको सहभागिता छ । समूह ‘बी’ मा किर्गिस्तान, उजबेकिस्तान र तुर्कमेनिस्तान छन् ।
प्रतियोगिताको सेमिफाइनल विजेताबीच फाइनल र तेस्रो स्थानको खेल शुक्रबार हुनेछ । सेन्ट्रल जोन प्रतियोगिताको चौथो संस्करण आयोजना भईरहदा नेपालले पनि चौथो पटक सहभागिता जनाएको हो । यही प्रतियोगितामा नेपालले गतवर्ष कास्य जित्दै ४२ वर्षे भलिबल इतिहासमा ऐतिहासिक पदक हात पारेको थियो ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]