default_image

7 years ago

April 23, 2018

सेन्ट्रल जोन भलिबल : नेपाललाई सेमिफाइनलमा स्थान

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालको सेमिफाइनलमा स्थान पक्का भएको छ।

volleyball Nepal

सोमबार भएको खेलमा आयोजक बंगलादेशले माल्दिभ्सलाई २५-१५, २५-१५, २५-२२ को  सोझो सेटमा पराजित गरेपछि नेपालले समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान पाएको हो। नेपालले सेमिफाइनलमा समूह ‘बी’को विजेता तुर्कमेनिस्तानको सामना गर्नेछ। समूह चरणको दुवै खेलमा विजयी बंगलादेश भने समूह विजेताको रुपमा सेमिफाइनल पुगेको छ। समूह ‘बी’ को उपविजेता टुंगो लाग्न बाँकी छ।

प्रतियोगितामा आयोजक बंगलादेशसँग ३–१ को सेटमा पराजित हुँदै सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित हात पारेको थियो।

मध्य एसियाका दोस्रो स्तरका टोलीहरुका लागि प्रत्येक बर्ष आयोजना हुदै आएको सेन्ट्रल जोन प्रतियोगिता नेपालका लागि महत्वपुर्ण प्रतियोगिता हो । प्रतियोगितामा ६ टोलीको सहभागिता छ। समूह ‘बी’ मा किर्गिस्तान, उजबेकिस्तान र तुर्कमेनिस्तान छन्। प्रतियोगिताको सेमिफाइनल विजेताबीच फाइनल र तेस्रो स्थानको खेल शुक्रबार हुनेछ।

सेन्ट्रल जोन प्रतियोगिताको चौथो संस्करण आयोजना भईरहदा नेपालले पनि चौथो पटक सहभागिता जनाएको हो । यही प्रतियोगितामा नेपालले गतवर्ष कास्य जित्दै ४२ वर्षे भलिबल इतिहासमा ऐतिहासिक पदक हात पारेको थियो ।

नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले सेमिफाइनलमा पनि नेपाली टोलीले शसक्त प्रदर्शन गर्ने बताए । उनले प्रतियोगितामा पदक नजिक पुगेकाले पनि तुर्कमेनिस्तानसँग शसक्त प्रदर्शनको हुने बताए । ‘हामी अव प्रतियोगितामा पदक नजिक पुगेका छौं । सेमिफाइनलको एक जितले हामी कम्तिमा काश्य जित्ने छौं’, प्रशिक्षक भट्टले भने, ‘त्यसैले सेमिफाइनलमा हामी शसक्त प्रदर्शन गर्ने छौं ।’ उनले तुर्कमेनिस्तान तुलनात्मक रुपमा सहज प्रतियोगिता भएको पनि बताए ।

‘तुर्कमेनिस्तानको टोलीसँग हाईटको एडभान्टेज छैन । उनिहरु पनि हाम्रै उचाईका खेलाडी हुन् । त्यसैले तुर्कमेनिस्तान हाम्रा लागि तुलनात्मक रुपमा सहज प्रतिद्धन्दि हो’, प्रशिक्षक भट्टले भने ।

नेपाली टोलीका कप्तान इम राना मगरले पनि पदकका लागि तुर्कमेनिस्तानसँग शसक्त प्रदर्शन गर्ने प्रतिकृया दिए । ‘तुर्कमेनिस्तानको खेल केही छिटो छ । उनिहरुको खेल हामीले हेरेका छौं । त्यही अनुसारको योजना पनि बनाएका छौं’, कप्तान राना भन्छन्, ‘हामी तुर्कमेनिस्तानसँग जित कै लागि खेल्ने छौं ।’

नेपाली टोलीले सेमिफाइनलमा जित हात पारे उपाधिको सम्भावना मात्रै बढाउने छैन, कम्तिमा रजत पदक पक्का गर्ने छ । नेपालले गत बर्ष माल्दिभ्समा भएको प्रतियोगिताबाट नेपालले काश्य पदक जितेको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली भलिवलले जितेको त्यो नै पहिलो र एक मात्र अन्र्तराष्ट्रिय पदक बनेको छ ।

March 21, 2025

ब्राजिलको पुनरागमन जित

एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोटमा ब्राजिलले कोलम्बियामाथि पुनरागमन जित हासिल गरेको छ । ब्राजिलले शुक्रवार बिहान कोलम्बियालाई २-१ ले पराजित गरेको हो । १-१ को बराबरीको स्थितिमा इन्ज्युरी समयमा गोल गर्दै ब्राजिलले जित हात पारेको हो । ब्राजिललाई घरेलु मैदानमा भएको खेलमा जित दिलाउन राफिन्हा र भिनिसियस जुनियरले गोल गरे । […]

March 21, 2025

डेनमार्कले पोर्चुगललाई हरायो

एजेन्सी – युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा डेनमार्कले पोर्चुगललाई पराजित गरेको छ । डेनमार्कले बिहीवार पोर्चुगलमाथि १-० को जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा डेनमार्कका लागि रास्मस होज्लुन्डले गरेको गोल निर्णायक हुन पुग्यो । रास्मसले खेलको ७८औं मिनेटमा टोलीका लागि निर्णायक गोल गरे । यि दुईबीचको दोस्रो लेगको खेल मार्च […]

March 21, 2025

क्रोएसियासँग फ्रान्स पराजित

एजेन्सी – युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा क्रोएसियाले जित हासिल गरेको छ । क्रोएसियाले फ्रान्सलाई बिहीवार २-० ले हरायो । घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन एन्टे बुदिमिर र इवान पेरिसिकले गोल गरे । खेलको २६औं मिनेटमा गोल गर्दै बुदिमिरले सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा क्रोएसियाका लागि इवानले गोल गरे । […]

Success

Thank you for your time.