7 years ago
March 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभाको पूर्व निर्धारित मिति भन्दा अघि नै हुने भएको छ । आइसीसीसँगको समन्वयमा वैशाख ६ र ७ मै विशेष साधारण सभा काठमाडौंमा डाकिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।
यसअघि वैशाख १३ र १४ गतेका लागि विशेष साधारण सभा तय भएको थियो । आइसीसीले आफ्नो बोर्ड बैठक अघि नै क्यानको विशेष साधारण सभा हुँदा उत्तम हुने जनाएपछि एक साता विशेष साधारण सभा अघि सारिएको चन्दको भनाई थियो । चन्दका अनुसार आइसीसीको बोर्ड बैठक वैशाख ९ गते बस्दैछ ।
चन्दको नेतृत्वमा रहेको कार्य सम्पादन समितिले यसअघिको मिति तय गरेको थियो । ‘हामीले २१ दिनको अघि साधारण सभाको सुचना दिनुपर्ने वैधानिक व्यवस्थालाई ध्यानमा राख्दै र आइसीसीसँगको समन्वयमा नयाँ मिति तय गरेका हों, ‘चन्दले भने, दुई दिन भने पनि वैशाख ६ गते नै साधारण सभा सम्पन्न हुन सक्नेछ ।’
विशेष साधारण सभामा आइसिसीका प्रतिनिधिको उपस्थिति रहने भएकाले सबै विषय टुंगिनेमा क्यानका महासचिव अशोकनाथ प्याकुरेल पनि आशावादी छन् । ‘नयाँ सदस्यताका विषय र जिल्लाको निर्वाचनका विषयमा हाम्रा आफ्नो केहि विषय छन्,’ महासचिव प्याकुरेलले भने, ‘हामी आफ्नो कुरा राख्छौं , तर प्रक्रिया रोक्दैनौं । आइसिसीको प्रतिनिधिकै रोहवरमा छलफल हुने हुँदा सबै विषय टुंगिने अपेक्षा राखेका छौं ।’
निर्देशन बमोजिम निर्वाचित क्यानले विधान संसोधन गरे क्यानमाथि लगेको लामो समयको निलम्बन फकुवा हुने आइसीसीले यसअघि प्रष्ट पारेको थियो । क्यानको विशेष साधारण सभाले सल्लाहकार समितिले तयार पारेको विधान जस्ताको तस्तै पारित गरे आइसीसीको बोर्ड बैठकले नेपालमाथिको निलम्बन फुकुवा गर्न सक्ने सम्भावना छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति विना क्यानले निर्वाचन गरेको र पछि राखेपले अलग्गै तदर्थ समिति बनाएपछि झन्डै दुई वर्ष अघि आइसीसीले क्यान माथि निलम्बन गरेको थियो । त्यस्ता विवाद समाधानका लागि भन्दै आइसिसीको टोली नेपाल भ्रमणमा आएको थियो ।
आइसिसीकै सक्रियता र नेपाल सरकारको सहमतिमा ८ सदस्यीय सल्लाहकार समिति क्यानको विधानको ड्राफ्ट तयार पारेको थियो । त्यो विधानलाई जस्ताको त्यस्तै पास गर्न आइसीसीले क्यानलाई निर्देशन दिएपनि निर्वाचित क्यानको विशेष साधारण सभाले संसोधनसहित पारित गरेको थियो । जसलाई आइसीसीले स्वीकार नगरेपछि क्यानको समस्या समाधान पुनः अन्योलमा परेको थियो ।
केहि दिनअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानहरु र अहिलेका कप्तान पारस खड्काले संयुक्त पत्रकार सम्मेलन गर्दै छिटो भन्दा छिटो क्यानको निलम्बन फुकुवा भएर काम गर्न नसके नेपालले एक दिवसिय राष्ट्रको मान्यता पाउनुको अर्थ नहुने बताएका थिए । जिम्वावेमा केहि साता अघि सम्पन्न विश्व कप छनोटबाट नेपालले एक दिवसिय मान्यता प्राप्त गरेको थियो ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]