7 years ago
March 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आगामी १८औं एसियनको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोली छनोट भएको छ ।
शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको राष्ट्रिय प्रशिक्षण केन्द्रमा भएको छनोटमा ग्यरोगीमा ८ तौल र पुम्सेतर्प २ गरेर कुल १० खेलाडी छनोट गरिएको हो । इन्डोनेसियाको जकार्तामा अगस्ट १८देखि २ सेप्टेम्बरसम्म हुने एसियन गेम्सको विशेष तयारीका लागि खेलाडी छनोट गरिएको नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य एवं प्रतियोगिता संयोजक बद्रीप्रसाद घिमिरेले जानकारी दिए । महिलाको ग्यरोगीतर्प ४९ केजीमुनि अस्मिता खड्का, ५३ केजीमुनिमा निमा गुरुङ र ६७ केजीमुनि संगिता बस्याल छनोट भइन् ।
पुरुषको ग्यरोगीमा ५८ केजीमा सागर गुभाजु, ६३ केजीमा बिरबहादुर महरा तथा ६८ केजीमा ज्ञानेन्द्र हमाल छनोट हुन सफल भए । बीरबहादुर गत सागको रजतपदक र पराजित निश्चलमान कांस्य पदक विजेता हुन् ।
पुरुषको ८० केजीमा सक्षम कार्की र ८७ केजीमाथि अनुज पुजारी छनोट भए । पुम्सेतर्प महिलामा पार्वती गुरुङ तथा पुरुषमा कमल श्रेष्ठ छनोट भए । अगामी एसियन गेम्सदेखि पुम्से विधा पनि समावेश हुने प्रतियोगिता संयोजक घिमिरेले जानकारी दिए । छनोटमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । शनिबार भएको खेलमा बायर्नले सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ तथा ह्यारी केनले १ गोल गरे । पाहुना टोली पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]