7 years ago
March 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबको महिला भलिबल टिमले सिजनको नवौं उपाधि जित्न सफल भएको छ ।
तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद
सिजनको नवौं उपाधि जित्ने क्रममा एपीएफले शुक्रबार पाँचौं आइजिपी कपको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी शिवम् न्यु डायमण्ड एकेडेमीमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । एक पक्षीय बनेको खेलमा एपिएफले डायमण्डमाथि २५–१९, २५–१८ र २५–१९ को सहज जित निकाल्यो । न्यु डायमण्डविरुद्ध एपिएफको फाइनलमा यो लगातार आठौं जित हो ।
एपिएफले यसअघि सिजनको शुरुमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । त्यसपछि एपिएफले पोखरा लामाचौरमा भएको तीज कपको उपाधि जितेको थियो । त्यस्तै राखेप च्याम्पियनसिप, ढोरपाटन डबल महिला भलिबल लिग, मेयर कप, प्रधानमन्त्री कप, एनभिए क्लब च्याम्पियनसिप र पर्वतमा भएको दिदी बहिनी कपको पनि उपाधि जितेको हो ।
राखेप च्याम्पियनसिपबाहेक सबै फाइनलमा एपिएफले डायमण्डलाई पराजित गरेको थियो । काठमाडौंमै भएको प्रथम शिवम् न्यु डायमण्ड कपमा भने एपिएफ आयोजक शिवम् न्यु डायमण्डसँग पराजित भएको थियो ।
March 23, 2025
सुमन अधिकारी, बुटवल ओलम्पियन एवम् शीर्ष वरियताका प्रिन्स दाहाललेतेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगलको उपाधि जितेका छन् । बुटवलमा शनिवार भएको फाइनलमा एपिएफकस प्रिन्सले चौथो वरियताका क्षितिज खनाललाई पराजित गरे। सेमिफाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका हिमाल रानालाई र क्षितिजले दोस्रो वरियताका एपिएफका देवराज रानालाई हराउँदै फाइनलमा पुगेका थिए । हिमाल चन्द र देवराज संयुक्त रुपमा […]
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]