7 years ago
March 7, 2018
पर्वत (हाम्रो खेलकुद) – महिला भलिबलका दुई चिरपरिचित प्रतिदद्वन्दी शिवम न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लबले दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पनि उपाधि भिडन्त पक्का गरेका छन् ।
बुधवार बडगाउँस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा शिवम् न्यु डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गर्दा एपीएफले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–० को सहज जित निकाल्दै डायमण्डसँगको भेट पक्का गर्यो । न्यु डायमण्ड र एपीएफबीच यो सातौं उपाधि भिडन्त हो ।
एपीएफले पोखरामा तीज भलिबल, ढोरपाटन लिग, मेयर कप, पिएम कप र एनभिए क्लब च्याम्पियनसिपमा फाइनलमा न्यु डायमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । न्यु डायमण्डले न्यु डायमण्ड कपमा एपीएफलाई पराजित गर्दै यस वर्ष पहिलो उपाधि जित्न सफल भएको थियो । शिवम् न्यु डायमण्डले नेपाल पुलिसमाथी २५–१८, २१–२५, २५–२१ र २५–१९ को जित निकाललेको थियो । एपीएफले आर्मीलाई २५–९, २५–२१ र २५–२१ को सोझो सेटमा स्तब्ध बनाएको थियो ।
यस अघि नेपाल पुलिसले आफ्नो अन्तिम लिग खेलमा आयोजक दिदिबहिनीलाई २५–७,२ ५–१ र २५–८ को सोझो सेटमा हराउँदै समूह बीको उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । त्यस्तै समूह एको अन्तिम लिग खेलमा नेपाल आर्मीले पश्चिमाञ्चललाई २५–१७, २५–२१ र २५–२० को सोझो सेटमा हराउँदै उपविजेताको हैसियतमा अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।
आयोजक दिदिबहिनी र पश्चिमाञ्चल लिग चरणबाट बाहिरिएका छन् । पुलिस र आर्मीले तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रो हुनेले ४० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्ने छ भने उत्कृष्ट स्पाईकर, सेटर, ब्लकर, क्विाकर, सर्भरले जनही ५ हजार नगद प्राप्त गर्नेछन् ।
March 23, 2025
सुमन अधिकारी, बुटवल ओलम्पियन एवम् शीर्ष वरियताका प्रिन्स दाहाललेतेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगलको उपाधि जितेका छन् । बुटवलमा शनिवार भएको फाइनलमा एपिएफकस प्रिन्सले चौथो वरियताका क्षितिज खनाललाई पराजित गरे। सेमिफाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका हिमाल रानालाई र क्षितिजले दोस्रो वरियताका एपिएफका देवराज रानालाई हराउँदै फाइनलमा पुगेका थिए । हिमाल चन्द र देवराज संयुक्त रुपमा […]
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]