7 years ago
March 3, 2018
काठमाडौं (हाम्रो खेलकुद ) – विभागीय दुई टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आर्मी पुरुषतर्फ र एपीएफ महिलातर्फ च्याम्पियन बन्न सफल भएको हो ।
महिलातर्फ न्यु डायमण्डकी प्रतिभा माली र पुरुषतर्फ आर्मीका मान बहादुर श्रेष्ठ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले समान १५ हजार प्राप्त गरे ।
प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले समान १५–१५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५–५ हजार पाउनेछन् ।
व्यक्तिगत विधाको महिलातर्फ एपीएफकी सरस्वती चौधरी बेस्ट स्पाइकर, पुलिसकी मनिषा चौधरी बेस्ट ब्लकर, एपीएफकी हिरा केसी बेस्ट सर्भर, शिवम् न्यु डायमन्डकी सलिना श्रेष्ठ बेस्ट लिब्रो र कृपा अधिकारी बेस्ट सेटर तथा एपीएफका ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए ।
यसैगरी पुरुषमा हेल्प नेपालका ललित कुमार बेस्ट स्पाइकर, आर्मीका दुर्गा प्रसाद महतो बेस्ट सेटर, धनबहादुर भट्ट बेस्ट सर्भर, ईश्वर थापा बेस्ट लिब्रो र कपिलकिशोर श्रेष्ठ बेस्ट कोच चुनिए । विधागत उत्कृष्ट सबैले जनही पाँच–पाँच हजार प्राप्त गरे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मालगायतले पुरस्कार प्राप्त गरे
March 23, 2025
सुमन अधिकारी, बुटवल ओलम्पियन एवम् शीर्ष वरियताका प्रिन्स दाहाललेतेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगलको उपाधि जितेका छन् । बुटवलमा शनिवार भएको फाइनलमा एपिएफकस प्रिन्सले चौथो वरियताका क्षितिज खनाललाई पराजित गरे। सेमिफाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका हिमाल रानालाई र क्षितिजले दोस्रो वरियताका एपिएफका देवराज रानालाई हराउँदै फाइनलमा पुगेका थिए । हिमाल चन्द र देवराज संयुक्त रुपमा […]
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]