default_image

7 years ago

February 28, 2018

नयाँबजार र मणि मुकुन्द क्वाटरफाइनलमा

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नयाँ बजार सामाजिक युवा क्लब काठमाडौं र मणि मुकुन्द क्लब नवलपरासी चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधवार भएको अन्तिम लिग खेलमा नयाँबजारले काभ्रे जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । प्रतिस्पर्धात्मक खेलमा नयाँबजारले काभ्रेलाई २५–१७, २७–२५ र २६–२४ को सेटमा हराउन सफल भयो । अब नयाँ बजारले सेमिफाइनल प्रवेशको लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

बुधबार भएको अर्काे खेलमा मणि मुकुन्दले पश्चिमाञ्चल भलिबल संघलाई ३–१ को सेटमा हराउदै समूह ‘ए’ बाट उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो । पहिलो सेट २५–१८ ले जितेको मणि मुकुन्दले दोश्रो सेट २१–२५ ले गुमाएपनि तेश्रो र चौथो सेट २५–१८ र २५–१५ आफ्नो पक्षमा पार्दै क्वार्टरफाइनलमा पुग्न सफल भयो । अब मणिमुकुन्दले क्वाटर फाईनलमा एपीएफको सामना गर्नेछ ।

पुरुषतर्फको अन्तिम लिग खेलमा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रले बुढानिलकण्ठलाई २५–२०, २५–१७, १९–२५ र २५–२३ को सेटमा हराउदै समूह उपविजेताको रुपमा क्वाटर फाईनलमा हेल्पनेपाल स्पोर्टस् क्लबसग भेट पक्का गर्‍यो । अर्को क्वाटरफाईनलमा पुलिस र ढोरपाटनबीच खेल हुनेछ ।

त्रिपुरेश्वरको कभर्डहलमा संचालन भएका महिलातर्फको खेलमा शिवम् न्यु डायमण्डले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाउन सफल भयो । डायमण्डले आर्मीमाथि २५–१५, २५–११ र २५–२० को सहज जित निकाल्यो ।

अर्को खेलमा पद्मोदय युथ क्लब चितवनले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–१ को सेटमा हराउदै प्रतियोगितामा सान्वना जित निकाल्यो । पद्मोदयले ढोरपाटनलाई १९–२५, २५–१६, २५–९ र २५–२० को सेटमा पराजित गर्‍यो । च्याम्पियनसिप अन्तर्गत बिहिबार पुरुषतर्फको चारै क्वार्टरफाइनल खेल हुनेछ । महिलातर्फ जावलाखेल र एपीएफबीच लिग चरणको अन्तिम खेल हुनेछ ।

प्रतियोगिताको महिला तथा पुरुष विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख तथा तेस्रो हुनेले ६० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले समान १५–१५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५–५ हजार पाउने छन् ।

March 24, 2025

दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

जर्मनी पहिलो पटक सेमिफाइनलमा

एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]

Success

Thank you for your time.