7 years ago
February 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १२ औैं संस्करणको फाल्डो सिरिज एसिया ग्राण्ड फिनालेमा भाग लिन शुक्र बहादुर राई र प्रतिमा शेर्पा भियतनाम प्रस्थान गरेका छन् ।
मार्च १ देखि ३ सम्म भियतनामको दा नाङमा ग्राण्ड फिनाले हुँदैछ । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले शुक्र र प्रतिमालाई रोयल नेपाल गल्फ क्लवमा विदाइ गरे । यी दुई खेलाडी फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा २१ वर्ष मुनिको स्पर्धामा पहिलो हुँदै ग्राण्ड फिनालेका लागि छनौट भएका हुन् । शुक्रले लगातार दोस्रोपटक र प्रतिमाले पहिलोपटक ग्राण्ड फिनाले खेल्न लागेका हुन् ।
विदाइ कार्यक्रममा स्प्रिङ फिल्ड गल्फ क्लबका निर्देशक माइकल भान अमेल्सभुर्टले पठाएको पिङ आइरन सेट शुक्रलाई हस्तान्तरण गरे । अध्यक्ष घलेले माइकल भानले एसियन गेम्स अघि नेपाली गल्फ टिमलाई स्प्रङफिल्ड गल्फ क्लबमा निशुल्क प्रशिक्षणको व्यवस्था गरिदिने निश्चित भएको घलेले जानकारी दिए । फाल्डो सिरिज नेपला च्याम्पियनसिपको प्रायोजक आइएसएमई प्राली र गोकर्ण गल्फ रिसोर्टलाई अध्यक्ष घलेले धन्यवाद दिए ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]