7 years ago
February 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो एनएसटी–एनभीए महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले दोहोरो सफलता हात पारेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कवर्डहलमा आइतबारबाट शुरु भएको च्याम्पियनसिपमा आर्मीको पुरुष र महिला टोलीले तथा एपीएफको पनि पुरुष र महिला टोलीले जित निकालेपछि दोहोरो सफलता हात पारेका हुन् । उद्घाटन खेलमा एपीएफको महिला टिमले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराउँदा पुरुष टिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । एपीएफको महिला टिमले पुलिसलाई २५–१६,२७–२५ र २५–१४ को सेटमा हरायो । एपीएफकै पुरुष टिमले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–५, २५–१५, २१–२५ र २५–२० को सेटमा हरायो ।
च्याम्पियनसिपको अर्काे खेलमा त्रिभुवन आर्मी क्लबको पुरुष टिमले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१५, २५–१३ र २५–१३ को सोझो सेटमा हराउँदै समूह विजेताको रुपमा क्वाटरफाईनलमा स्थान बनायो । पुरुष टाईसिटको समिकरण अनुसार समूह ‘डी’ मा दुई टिम मात्र भएकाले ढोरपाटन स्पोर्टस् क्लब पराजित भएपनि अन्तिम आठमा स्थान बनाउन सफल भयो । आर्मीको महिला टिमले पनि ढोरपाटनलाई २५–२०, २५–७ र २५–६ को सोझो सेटमा हरायो ।
च्याम्पियनसिप अन्तर्गत सोमबार चार खेल हुनेछन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबर मणिमुकुन्द भलिबल क्लब तथा नेपाल पुलिस क्लब र नयाँबजार स्पोर्टस् क्लबबीच खेल हुनेछ । महिलातर्फ नेपाल पुलिस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र तथा शिवम् न्यु डायमण्ड एकेडेमी र पद्मोदय युथ क्लबबीच खेल हुनेछ ।
लिगकम नकाउटका आधारमा संचालन भएको प्रतियोगितामा महिलातर्फ ७ टिम तथा पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । फागुन १९ सम्म संचालन हुने प्रतियोगिताको महिला टिमलाई दुई समूहमा विभाजन गरिएको छ । पुरुष टिमलाई चार समूहमा विभाजित गरिएको छ ।प्रतियोगिताका विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेश्रो हुने टोलीले ६० हजार नगद प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिताको दुवै समूहको उत्कृष्ट खेलाडीले नगद १५ हजार र विधागत उत्कृष्टले जनही ५ हजार नगद प्राप्त गर्नेछन् । नेपाल भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले गरे ।
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]