7 years ago
February 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा आर्मीले पश्चिमाञ्चललाई हराउन सफल भएको हो ।
फाइनल खेलमा पश्चिमाञ्चललाई २५-१४,२५-१३,२३-२५,२५-१३ ले हराउँदै आर्मीले तेस्रो पटक लगातार उपाधि उचालेको छ । यस जितसँगै आर्मीले ३ लाख रुपैया नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता पश्चिमाञ्चलले १ लाख ५० हजार हात पार्न सफल रह्यो ।
त्यस्तै तेस्रो स्थानको लागि खेलिएको खेलमा नेपाल पुलिस क्लबले नेपाल एपीएफलाई २५-२१,२५-२०,२५-११ को सोझो सेटमा पराजित गर्यो । तेस्रो स्थान हात पार्दै पुलिसले ७५ हजार नगद पुरस्कार पनि प्राप्त गर्यो ।
फागुन ६ गतेबाट शुरु भएको प्रतियोगितामा साविकको पाँच विकास क्षेत्र र तीन विभागीय टोली गरी ८ टिमले लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
त्रिभुवन आर्मी क्लबका ईश्वर थापाले म्यान अफ दि सिरिज जित्दै एक थान एनएस २०० पल्सर बाइक हात पारे। त्यस्तै अन्य विधामा उत्कृष्ट खेलाडीहरुले जनही १० हजार प्राप्त गरे:
उत्कृष्ट स्पाइकरः मान बहादुर श्रेष्ठ (त्रिभुवन आर्मी क्लब)
उत्कृष्ट लिफ्टरः इम रानामगर (नेपाल पुलिस क्लब)
उत्कृष्ट ब्लकरः भैरव बम (त्रिभुवन आर्मी क्लब)
उत्कृष्ट सर्भरः अमृत केसी (पश्चिमाञ्चल विकास क्षेत्र)
उत्कृष्ट डिफेन्सः दीपक थापा (पश्चिमाञ्चल विकास क्षेत्र)
उत्कृष्ट प्रशिक्षकः कपिल किशोर श्रेष्ठ (त्रिभुवन आर्मी क्लब)
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]