default_image

7 years ago

February 17, 2018

पिएम कप अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समिकरण पूरा

123 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्जमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

शनिवार खेलमा विभागीय नेपाल एपीएफ क्लबले आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गदै समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयो ।

वुमन अफ दि म्याच सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबमाथि २५–१२, २५–१४ र २५–९ को सहज जित निकाल्यो । आयोजक लिग चरणको पहिलो खेलमा पनि बंगलादेशको इफाटसँग पराजित भएको थियो । समूह ‘ए’ बाट एक खेलमा सफलता निकालेको बंगलादेशी टिमले सेमिफाइनलमा स्थान बनायो ।

नेपालगन्ज कभर्ड हलमा भएको अन्तिम लिग खेलमा शिवम् न्यु डायमण्डले भारतको देहरादुन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउदै समूह विजेताको रुपमा सेमिफाईनलमा स्थान पक्का गर्‍यो । कप्तान ललिता नाथको उत्कृष्ट प्रदर्शनमा देहरादुन स्पोर्टस् क्लबलाई २५–८, २५–९ र २५–४ को सेटमा पाखा लगायो ।

पहिलो खेलमा पनि नेपाल पुलिससँग ३–० को हार ब्यहोरेको पाहुना टिम देहरादुन स्पोर्टस् प्रतियोगिताबाट बाहिरिदा पुलिसले उपविजेताको रुपमा सेमिफाईनलमा स्थान बनायो । आइतबार सेमिफाइनलको पहिलो खेलमा एपीएफ र पुलिस तथा शिवम् न्यु डायमण्ड र पहुना टिम इफाटबीच प्रतिस्पर्धा हुनेछ ।

March 24, 2025

दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

जर्मनी पहिलो पटक सेमिफाइनलमा

एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]

Success

Thank you for your time.