7 years ago
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बनेपा नगरपालिका, काभ्रे र मोर्डन कलेज भक्तपुरले तेक्वान्दो आइटिएफ नेपालका पदक जित्न सफल पाँच खेलाडीलाई सम्मान गरेको छ ।
बनेपा नगरपालिका र मोर्डन कलेजले तेक्वानदो आइटिएफ नेपालको संयोजनमा शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेक्वान्दो खेलाडीहरु सस्मन बस्नेत, विविका बस्नेत, आषिश थापा, शान्ताकुमार थापा मगर र निशान्त लामिछानेलाई सम्मान गरेको हो । सस्मनले बनेपा नगरपालिका र मोर्डन कलेजबाट समान २०-२० हजार रुपैयासहित प्रशंशापत्र प्राप्त गरे । साथै सस्मन अध्ययनरत मोडल कलेजले उनलाई कक्षा ११ र १२ को लागि सत प्रतिशत छात्रवृत्ति समेत प्रदान गरेको छ ।
सस्मनले २०१७ अगष्टमा इन्चोन शहरमा आयोजना भएको एसियन तेक्वान्दो च्याम्पियसिपमा स्पारिङतर्फ स्वर्णपदक तथा कोरिया ओपल अन्तर्राष्ट्रिय फेस्टिवलमा स्पारिङ तथा प्याट्रनमा क्रमष: रजत र कांस्य हात पारेका थिए । सस्मनले सन् २०१६ मा बेलायतमै भएको विश्व तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका थिए ।
तेक्वान्दो आइटिएफ नेपालले २०१७ को डिसेम्वरमा भारतको बैंग्लोरमा सम्पन्न भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिताका ४ जना पदक विजेताहरुलाई पनि सम्मान गर्यो । सम्मानित हुने खेलाडीहरुलाई प्रमुख अतिथि ओलम्पियन मुकुन्द हरि श्रेष्ठ, बनेपा नगरपालिकाकी उपमेयर रेखा दाहाल लगायतले सम्मानित गरिन् ।
तेक्वान्दो आइटिएफ नेपालका संस्थापक अध्यक्ष तथा आइटिएफ तेक्वान्दोका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता लक्ष्मण बस्नेतले आउदोे सेप्टेम्बर २०–२२ तारिखसम्म मास्टर क्लास तथा तेस्रो एभरेष्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागिएको ताए ।
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- च्यासल युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित दर्ज गरेको छ। च्यासलले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले हराउँदै महत्वपपूर्ण ३अंक जोड्यो। एन्फा कम्प्लेक्समा आज भएको तेस्रो चरणको पहिलो खेलमा दुवै टोली पहिलो जितको खोजीमा थिए। पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। दोस्रो हाफ च्यानलको लागि सुखद रहयो। ५८ […]
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]