7 years ago
February 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय खेलाडी ज्ञानी चुनारा, यान कुमारी चौलागाईं र तारा कुमार रायमाझीले अमेरिकाको डालास टेक्सासमा भएको डालास अन्तर्राष्ट्रि तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएका छन् ।
शनिबार राति डालासमा सम्पन्न महिला फेदर वेट (५३–५७) केजी तौल समूहको फाइनलमा यान कुमारीले साल्भाडोरकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । यानले सेमिफाइनलमा भारतकी खेलाडीलाई पराजित गरेकी थिईन् । यस्तै ज्ञानी चुनाराले महिला लाइट वेट (५३–५७) केजी तौल समूहको फाइनलमा अमेरिकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् ।
ज्ञानीले सेमिफाइनलमा पानमाका खेलाडीलाई पराजित गर्दै फाइनलमा पुग्न सफल भएकी थिईन् । यस्तै पुरुषतर्फ तारा कुमार रायमाझीले फ्लाई वेट तौल (५३–५७) समूहमा सेमिफाइनलमा भारत र मेक्सिकोका खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएको अमेरिकाबाट कुमार कार्कीले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए ।
स्वर्ण जित्न सफल कुमार कार्कीले नेपाली टिमको व्यवस्थापक र टिम प्रशिक्षकमा पूर्व राष्ट्रिय खेलाडी एवम् हाल अमेरिकाको बाल्टिमोरस्थित एभरेष्ट वल्ड क्लास तेक्वान्दो एकेडेमी सञ्चालन गरिरहेका छन् । नेपाली टोली फेब्रुअरी १८ मा स्वदेश फर्कने कार्यक्रम छ ।
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- च्यासल युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित दर्ज गरेको छ। च्यासलले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले हराउँदै महत्वपपूर्ण ३अंक जोड्यो। एन्फा कम्प्लेक्समा आज भएको तेस्रो चरणको पहिलो खेलमा दुवै टोली पहिलो जितको खोजीमा थिए। पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। दोस्रो हाफ च्यानलको लागि सुखद रहयो। ५८ […]
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]