default_image

7 years ago

February 5, 2018

डायमण्ड र एपीएफबीच उपाधि भिडन्त

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमण्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लब राजधानीमा जारी पहिलो संस्करणको ‘शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबल’ प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।


नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा शिवम् न्यू डायमण्डले पोखराको टप्स उच्च माविलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउँदा विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै डायमण्डँगको भेट पक्का गर्‍यो ।

डायमण्डले टप्सलाई २५–९, २२–२५, २५–१८ र २५–१५ को सेटमा हरायो । डायमण्डकी पनामिका राई ‘वुमन अफ दी म्याच’ चुनिईन् । दोश्रो सेमिफाइनलमा एपीएफले बिभागीय प्रतिद्वन्द्वी आर्मीलाई २५–१५, २५–१७ र २५–६ को सेटमा हरायो । एपीएफकी हीर केसी ‘वुमन अफ दी म्याच’ घोषित भईन् ।

‘वुमन अफ दि म्याच’ हुने खेलाडीहरुलाई स्पोर्टस् पोशाक उत्पादन कम्पनी साहास स्पोर्टसका प्रमुख जनक न्यौपानेले ट्रायक–सुट प्रायोजन गरे । मंगलबार प्रतियोगिताको फाइनल खेल आयोजक टोली र एपीएफ बीच हुनेछ । त्यस्तै टप्स स्कुल र आर्मी बीच तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार, उपबिजेताले १ लाख १ हजार तथा तेस्रो र चौथो हुनेले क्रमसः ५१ र २१ हजार पुरस्कार पाउनेछन् ।

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

Success

Thank you for your time.