7 years ago
February 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बिहिबार भएको लिग चरणको अन्तिम खेलमा शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । अपराजित रहेको एपीएफले १७ खेलबाट ५० अंक जोड्दै दोस्रो स्थानको डायमण्डलाई ४ अंकले पछि पार्यो ।
न्यु डायमण्डले १७ खेलबाट ४६ अंकमात्र जोड्न सक्यो । डायमण्डले अन्य दिनका खेलभन्दा निकै निराशजनक प्रदर्शन गर्दा पहिलो सेट २५–१६ ले गुमाएको थियो । दोस्रो सेट २५–१७ ले गुमाउँदा तेस्रो सेट २५–१२ ले एपीएफलाई सुम्पिएको थियो ।
उपाधिसँगै एपीएफले ३ लाख २५ हजार रुपैया प्राप्त गर्यो । उपविजेतामा सीमित डायमण्डले १ लाख ७० हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, ढोरपाटनका अध्यक्ष मनवीर छन्त्याल, आइएमईं अटोमोटिभ्सका मार्केटिङ डाइरेक्टर दिपेश कायस्थले पुरस्कृत गरे ।
व्यक्तिगत विधातर्फ शिवम् न्यु डायमण्डकी सलिना श्रेष्ठ लिब्रु, कृपा अधिकारी उत्कृष्ट लिफ्टर घोषित भए । यस्तै एपीएपफकी रेश्मा भण्डारी उत्कृष्ट ब्लकर, ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । पुलिसकी कोपिला राना क्वीकर र टप्सकी अरुणा शाही उत्कृष्ट सर्भर घोषित भईन् भने एपिएफकी नेबिका चौधरी उत्कृष्ट स्पाइकर घोषित भइन् । उनीहरु सबैले समान ५ हजार पाए ।
उदियमान खेलाडीः शर्मिला नेपाली (श्रीगाँउ खेलकुद विकास समिति दाङ)
प्लेयर अफ दि सिरिजः निरुता ठगुन्ना (त्रिभुवन आर्मी क्लब)
प्लेयर अफ दि इयरः सरस्वती चौधरी (नेपाल एपीएफ क्लब)
उत्कृष्ट खेलाडीः प्रतिभा माली (शिवम् न्यु डायमण्ड एकेडेमी)
उत्कृष्ट दर्शकः राजकुमार घताने (पोखरा)
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]