7 years ago
February 2, 2018
भरतपुर (हाम्रो खेलकुद) – चितवनको पटिहानीमा आयोजना गर्न लागिएको प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितालाई महोत्सवको स्वरुप दिइने भएको छ ।
दुई विदेशीसहित ७ टिम सहभागी हुने प्रतियोगितामा रोमाञ्चकारी महिला भलिबलसँगै सांस्कृतिक कार्यक्रम र खेलकुदका सामग्रीसहितको स्टलको अवलोकन पनि गर्न पाइने भएको छ । “पर्यटकीय नगरी पटिहानीलाई हामी झकिझकाउ बनाउँदैछौं”, प्रतियोगिता मूल संयोजक विष्णुराज महतोले भने, “२० स्टलसहित राखेर सानो महोत्सवकै झल्को दिदैछौं ।” त्यसका लागि तयारीको क्रम तीव्र बनाइएको उनले बताए ।
भारतको फ्रेन्च क्लब कोलकाता र र बंगलादेशको एउटा टिम सहभागी हुने पक्का भइसकेकोले खेल रोमाञ्चक हुने प्रचारप्रसार समिति संयोजक रामहरि सेढार्इंंको विश्वास छ । यसका साथै विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल भलिबल संघको टिम र न्यू डायमण्ड एकेडेमी काठमाडौं सहभागी हुनेछन् । प्रतियोगिता हेर्न ५०, १०० र २०० का टिकट व्यवस्था गरिदैछ ।
ठूला भलिबल प्रतियोगिताका लागि परिचित भरतपुर महानगरपालिकाको पटिहानीमा यो प्रतियोगिता आगामी माघ २७ गते सुरु गरिनेछ । प्रतियोगिता भरतपुर महानगरपालिका वडा नम्बर २२ ले आयोजना गर्न लागेको हो । प्रतियोगिता फागुन १ गतेसम्म आधारभूत विद्यालय धनौजीको खेलमैदानमा हुनेछ । प्रतियोगिता उद्घाटन गर्न पूर्व प्रधानमन्त्री तथा यसै क्षेत्रका प्रतिनिधिसभा सांसद् पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पटिहानी आउने निधो भइसकेको वडाध्यक्षसमेत रहेका मूल संयोजक महतोले जानकारी दिए ।
पटिहानीमा ४ दशकदेखि निरन्तर भलिबल प्रतियोगिता गरिदै आएको छ । स्थानीय पद्मोदय युवा क्लबको आयोजनामा २०७२ सालमा अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल गरिएको थियो ।
प्रतियोगिता सम्पन्न गर्न १३ सदस्यीय स्टेयरिङ समिति, विभिन्न १६ उपसमिति, ५९ सदस्यीय सल्लाहकार समिति गठन गरिएका छन् । प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने छ । प्रतियोगिता सम्पन्न गर्न २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।
पटिहानीमा विभिन्न स्तरका पुरुष भलिबल त धेरै नै भएका छन् । “तर, महिलाहरुको पहिलो पटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन लागेकोमा हामी हर्षित छौं”, प्रचारप्रसार संयोजक सेढाईंले भने, “विगतको अनुभवले हामीलाई धेरै सिकाएको छ, त्यसैको आधारमा यसपालिको प्रतियोगिता भव्य बनाउँदैछौं ।”
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]