7 years ago
February 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रशिक्षक रुपेश विष्टले ढोरपाटन भलिबलमा पुलिस क्लबलाई हराउने षड्यनत्र भएको आरोप लगाएका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार आर्मीविरुद्धको अन्तिम खेलमा लाइट प्रोटेष्टको कारण देखाउदै रेफ्रीले खेल खेलाउन नमानेपछि प्रशिक्षक विष्टले यस्तो आरोप लगाएका हुन् । खेलमा पुलिसले २–१ को अग्रता बनाएको थियो भने, चौथो सेटमा पनि पुलिसले १६–६ को अग्रता लिएको अवस्थामा रेफ्रीले लाइट प्रोटेष्टको कारण देखाउदै खेल स्थगित गरेका थिए ।
‘हामी जितकै नजिक थियौ । रेफ्रीले पुलिसलाई हराउने षड्यन्त्रका साथ लाइट प्रोटेष्टको कारण देखाएर खेल खेलाएनन् ।’ प्रशिक्षक विष्टले भने, ‘हामीले बारम्वर खेलाउनको लागि अनुरोध गर्यौं तर, रेफ्रीले खेलाउन मान्नुभएन । जबकी त्यहाँ दर्शकहरुले देख्दा रेफ्रीले नदेख्ने भन्ने पनि हुन्छ ? यो सिधै पुलिसलाई हराउने षड्यन्त्र भएको हो ।’
प्रशिक्षक विष्टले स्थगित भएको खेल नखेल्ने समेत बताएका छन् । ‘हामी विभागीय टोली हौं । हामी अनुशासनमा बस्नुपर्छ । तर, हामी आर्मीसँग फेरि खेल्ने छैनौं ।’ प्रशिक्षक विष्टले भने, ‘शनिबारको लागि हामीलाई एक खेलको मात्र तालिका छ । एक दिनमा दुई महत्वपूर्ण म्याच हामी खेल्न सक्दैनौं । यसमा आयोजकले के गर्छ भन्ने मात्र हो ।’
डबल लिग भलिबलमा पुलिस १५ खेलबाट ३३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । आर्मी भने, २७ अंकसहित पाँचौ स्थानमा छ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]