7 years ago
February 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि होडमा रहेका प्रतिद्धन्दी एपीएफ र शिवम् न्यु डायमण्ड एकेडेमीले १३ औं ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा दोहोरो जित निकालेका छन् ।
बिहिवार विभागीय टिम एपीएफले दुवै खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै दोहोरो जित निकालेका हुन् । प्रतियोगितामा एपीएफ र आर्मीबीचको पहिलो चरणको खेलमा खेल बर्षाको कारण स्थगित भएको थियो । एपीएफले आर्मीलाई २५–१२, २५–२० र २५–१९ को सेटमा हरायो । दोस्रो चरणको लिगको खेलमा पनि एपीएफले आर्मीलाई २५–१४, २५–१७ र २५–१८ को स्कोरमा पराजित गर्न सफल भयो ।
बिहीबार भएको खेलमा न्यु डायमण्डले चितवनको मेघौली र पोखराको उच्च माविलाई पराजित गर्दै दोहोरो जित निकाल्न सफल भयो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा न्यू डायमण्डले मेघौलीलाई २५–२२, २५–२२ र २५–२० को सोझो सेटमा पराजित गर्न सफल भयो । दोस्रो खेलमा टप्स उच्च माविलाई पनि न्यु डायमण्डले सोझो सेटमा नै पराजित गर्न सफल भयो । न्यु डायमण्डले २५–२०, २५–२३ र २५–८ को सेटमा टप्सलाई पराजित गरेको हो ।
प्रतियोगिताअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा पुलिसले मेघौलीलाई सोझो सेटमा पराजित गरेको छ । पुलिसले मेघौलीलाई २५–११, २५–८ र २५–१६ को स्कोरमा पराजित गर्न सफल भयो । प्रतियोगितामा १६ खेलबाट ४६ अंकसहित न्यु डायमण्ड शीर्ष स्थानमा रहेको छ । १४ खेल खेल्दै शतप्रतिशत जितको साथ ४१ अंक बनाउदै एपीएफ लिगको दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, लिगको तेस्रो स्थानमा भने टप्स उच्च मावि रहेको छ । टप्सको १४ खेलबाट ३३ अंक जोडेको छ । लिगको चौथो स्थानमा रहेको पुलिसको ३० अंक छ । १५ खेलबाट २७ अंकसहित आर्मी पाँचौ स्थानमा रहँदा आर्मी श्रीगाँउ २१ अंकसहत छैटौ र १३ अंकसहित मेघैली सातौ स्थानमा छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पाँच खेल हुने ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए । पहिलो खेलमा एपीएफ र श्रीगाँउ,
आर्मी र मेघौली, पुलिस र श्रीगाँउ, एपीएफ र टप्स तथा पुलिस र आर्मीबीच खेल हुनेछ । माघ ४ गतेबाट शुरु भएको प्रतियोगिता माघ २० सम्म चल्नेछ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]