default_image

7 years ago

January 31, 2018

शिवम् न्यु डायमण्ड र टप्सको दोहोरो जित

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्ड एकेडेमी र टप्स उच्च मावि पोखराले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा बुधबार दोहोरो जित निकालेको छ ।

Dorpatan

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बुधबार भएको दोस्रो लिगको खेलमा शीर्ष स्थानमा रहेको डायमण्डले श्रीगाँउ खेलकुद विकास समिति दाङ र विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । डायमण्डले श्रीगाँउलाई २५–१६, २५–१२ र २५–७ को सोझो सेटमा पराजित ग¥यो । खेलमा प्रतिभा माली वुमन अफ दि म्याच घोषित भईन् । अर्काे खेलमा विभागीय त्रिभुवन आर्मीमाथि २५–१२, २५–१८ र २५–१७ को सहज जित दर्ता गर्दा ललितानाथ वुमन अफ दि म्याच घोषित भईन् ।
बुधबारै टप्स पोखराले मेघौली स्पोर्टस् एण्ड एजुकेशन क्लब चितवनलाई २५–८, २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गर्न सफल भयो । खेलमा टप्सकी कप्तान मञ्जु गुरुङ वुमन अफ दि म्याच घोषित भईन् । अर्काे खेलमा श्रीगाँउ खेलकुद विकास समिति दाङलाई २५–८, २५–१५ र २५–१० का सेटमा पराजित गर्दै दोहोरो जित निकाल्न सफल भयो । खेमा परीक्षा गुरुङ वुमन अफ दि म्याच घोषित भईन् ।

यस्तै विभागीय नेपाल एपीएफ क्लबले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१२, २५–१८ र २५–१७ को सोझो सेटमा पराजित गर्दै लिगमा अपराजित रहन सफल भयो । खेलमा एपीएफकी सरस्वती चौधरी वुमन अफ दि म्याच घोषित भईन् ।

दोहोरो जितसँगै डायमण्ड १५ खेलबाट ४३ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ । १२ खेलबाट ३५ अंकसहित एपिएफ लिगको दोस्रो स्थानमा यथावत छ । टप्स १५ खेलबाट ३३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पुलिस १३ खेलबाटै २७ अंकसहित चौथो स्थानमा झरेको छ । १३ खेलबाटै आर्मी २४ अंकसहित पाँचौ स्थानमा यथावत छ ।

प्रतियोगिता अन्र्तगत बिहिबार पाँच खेल हुने ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए । पहिलो खेलमा श्रीगाँउ दाङ र मेघौलीबीच खेल हुनेछ । नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीचको पहिलो लेगको खेल हुनेछ । यस्तै पुलिसले मेघौली, शिवम् न्यु डायमण्डले टप्सको तथा एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । माघ ४ गतेबाट शुरु भएको प्रतियोगिता माघ २० सम्म चल्नेछ ।

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

Success

Thank you for your time.