default_image

7 years ago

January 30, 2018

शिवम् न्यु डायमण्डको दोहोरो जित

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्ड एकेडेमीले मंगलबार दोहोरो जित निकालेको छ । राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो चरणमा डायमण्डले मेघौली स्पोर्टस् क्लब दाङ र विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै लगातार दोहोरो जित निकालेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा डायमण्डले मेघौलीमाथि २५–७, २५–९ र २५–८ को सहज जित निकाल्यो । अर्काे खेलमा पुलिसलाई ३–१ को सेटमा पाखार लगायो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट १९–२५ ले पुलिसलाई सुम्पिएको थियो । त्यसपछि तेस्रो र चौथा सेट लगातार २५–२२ र २५–१२ ले आफ्नो पक्षमा पार्यो ।

यस्तै मंगलबार नेपाल एपीएफ क्लब र पोखराको टप्स उच्च माविले पनि जित निकाले । एपिएफले श्रीगाँउ दाङलाई २५–८, २५–१८ र २५–३ को सहज सेटमा पराजित ग¥यो । टप्सले त्रिभुवन आर्मी क्लबलाई २५–१५, २५–१५ र २५–१९ को सहज जित निकाल्यो । टप्ससँग पराजित हुनुअघि आर्मीले श्रीगाँउ दाङलाई २५–१९, २५–११ र २५–९ को सोझो सेटमा पराजित गर्यो ।

दोहोरो जितसँगै डायमण्ड १३ खेलबाट ३७ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ । ११ खेलबाट ३२ अंकसहित एपिएफ लिगको दोस्रो स्थानमा यथावत छ । पुलिस १२ खेलबाटै २७ अंकसहित तेस्रो स्थानमा यथावत छ । टप्सले १२ खेलबाट २७ अंक पु¥याएको छ । १२ खेलबाटै आर्मी २४ अंकसहित पाँचौ स्थानमा छ ।

प्रतियोगिता अन्र्तगत बुधबार पाँच खेल हुने ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए । पहिलो खेलमा टप्सले मेघौलीसँग खेल्नेछ । शिवम् न्यु डायमण्डले श्रीगाँउ दाङ, नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लब, श्रीगाँउ दाङले टप्स र शिवम् न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । माघ ४ गतेबाट शुरु भएको प्रतियोगिता माघ १९ सम्म चलनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै चौथौ हुनेले ५० हजार, पाचौंले ४० हजार, छैठौंले ३० हजार र सातौंले २० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको चार विधामा उत्कृष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउनेछन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुनेछन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, उत्कृष्ट क्वीकर र उत्कृष्ट कोचले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एक जनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन् ।

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

Success

Thank you for your time.