7 years ago
January 30, 2018
दिल्ली (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी पुनम रावलले पदक पक्का गरेकी छन् ।
मंगलबार महिला लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनम रावलले कम्तीमा पनि कास्य पदक पक्का गरेकी हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा भएको क्वाटरफाइनलमा पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कास्य पदक पक्का गरेकी हुन् । पुनमले ताजिकिस्तानकी इडीमोखमाथि ५–० को जित निकालेकी थिइन् । अब पुनमले सेमिफाइनलमा भारतीय खेलाडीसँग प्रतिपर्धा गर्नेछिन् । उक्त खेलमा पराजित भएपनि पुनमले कास्य पदक प्राप्त गर्नेछिन् ।
कास्य जितेपनि पुनमको यो पहिलो अन्तराष्ट्रिय पदक हुनेछ । पुनमले दोस्रो अन्तर्राष्ट्रिय सहभागितामा नेपाललाई पदक दिलाएकी हुन् । जितपछि पुनमले नेपाललाई पदक दिलाउन पाउँदा गर्व लागेको बताईन् । प्रतियोगितामा पुनमले जितेको यो पदक नेपालको यो दोस्रो पदक हो । यसअघि नेपालकी विमला श्रेष्ठले कास्य पदक पक्का गरेकी छिन् ।
मंगलबार भएको अर्को क्वाटरफाइनल खेलमा भने नेपालकी सरस्वती राना मगर पराजित भएकी छिन् । मिडल ७५ केजी तौल समूहकी सरस्वती भारतीय खेलाडी स्विटी बूरासँग अंकको आधारमा ५–० ले पराजित भईन् । प्रतियोगिता अन्तर्गत नै मंगलबार नेपालका तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । पुरुषतर्फ मनोहर (म्याक्स) बस्नेत, भुपेन्द्र थापा मगर र बिष्णु प्रसाद घलेले खेल्न बाँकी छ । पुरुषतर्फको खेल बेलुका ६ बजेपछि हुने आयोजकले जनाएको छ ।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]