default_image

7 years ago

January 29, 2018

दोस्रो मैत्रीपूर्ण भलिबलमा पनि हङकङमाथि नेपालको जित

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय भलिबल टोलीले सोमबार भएको मैत्रिपूर्ण खेलमा हङकङलाई ३–१ को सेटमा पराजित गर्दै दुई मैत्रीपूर्ण खेलको शृंखला आफ्नो पक्ष्यमा पार्न सफल भएको छ  ।  हङकङको पो विंग रोड स्पोर्टस सेन्टर, सिउंग सोइमा भएको खेलमा नेपालले हङकङलाई २५-१६, २५-१४, २६-२८, २७-२५ को स्कोरले पराजित गरेको हो। नेपालले हिजो भएको पहिलो खेल ३-२ ले आफ्नो पक्ष्यमा पारेको थियो।

तस्बिर सौजन्य : एनएसजेएफ

नेपालका प्रशिक्षक बिरेन्द्रप्रसाद चौधरी हिजोको भन्दा आज राम्रो भएको बताए । ‘ हिजोको भन्दा केटाहरु आज खुलेर खेलेर जित सजिलै निस्क्यो।’ उनले भने,’  मान बहादुरले राम्रो खेल्दा टोलिको प्रदर्शन राम्रो गर्‍यो । हङकङले सट बल फास्ट गेम खेल्दियो त्यसैले तेस्रो सेट गुमायौ।’

नेपाली टोलीका कप्तान इम रानामगरले भने,’ समग्रमा राम्रो भयो । हिजोको तुलनामा रीसिभ डिफेन्स राम्रो भयो पहिलो र दोस्रो सेटमा तर तेस्रो सेटमा केही बिग्रियो अन्तिम सेट १५ सम्म उनिहरूले हामीलाई दबाबमा राखे पनि रीसिभ ब्लक र तालमेल राम्रो भयो ।’ रानामगरले सबै नेपालीहरुलाई धन्यवाद दिए र घरमै खेलेको अनुभूति भएको बताए।

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

Success

Thank you for your time.