7 years ago
January 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्ड एकेडेमीमाथि रोमाञ्चक जित निकालेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा सोमबार भएको रोमाञ्चक खेलमा एपीएफले न्यु डायमण्डमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गरेको न्यु डायमण्डले एपीएफलाई २५–१३ मा रोक्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । तेस्रो सेटमा एपीएफले २५–२१ ले आफ्नो पक्षमा पार्दा चौथो सेट डायमण्डले २५–२३ ले जित्दै खेललाई २–२ को स्थितिमा ल्याएका थिए ।
निर्णायक सेटमा डायमण्डले अग्रता लिएर पनि १५–१२ ले खेल गुमाएपछि एपीएफले डायमण्डमाथि रोमाञ्चक जित निकाल्न सफल भयो । हारपछि पनि डायमण्ड ३१ अंकसहित लिगको शीर्ष स्थानमा यथावत रहेको छ । एक खेल कम खेलेको एपीएफको १० खेलबाट २९ अंक पुगेको छ । पहिलो लिगको अन्तिम खेलमा एपीएफले मंगलबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]