7 years ago
January 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबल टोलीले हङकङमा आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । ३४ बर्षपछि भलिबलमा हङकङसँग प्रतिस्पर्धा गरेको नेपालले हिजोको पहिलो खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको थियो ।
हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको नेपाली टोलीले आजको खेलमा सुधारिएको खेल खेल्ने अपेक्षा गरिएको छ । आइतबारको जितमा पछिल्लो सेटहरुमा नेपाली टोली बलियो देखिएको थियो ।
हिजो खेलपछि नेपालका मुख्य प्रशिक्षक वीरेन्द्रप्रसाद चौधरीले सुरुमा खेलाडी केहि अलमलिए जस्तो देखेपनि पछि लयमा फर्केको बताएका थिए ।‘ घरेलु टोली पनि राम्रो हो । हामीले विश्वास गरेका केही खेलाडीले सोचे जस्तो खेल्न साकेनन्, उनले भने, खासमा मानबहादुरले सोचे जस्तो खेल्न सकेनन्, उनले राम्रो खेलेको भए हामी सिधा ३ सेटमा जित्न सक्थेऊ ।’
नेपालका कप्तान इम रानामगर हङकङको खेल बुझ्न समय लागेकाले नेपाली टोलीको तालमेल नमिलेको बताएका थिए । त्यसैले पनि आजको दोस्रो खेलमा नेपाली टोलीले अझ राम्रो खेल्ने अपेक्षा गर्न सकिन्छ ।
नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार हङकङ नेपलिज टिमलाई ३-१ ले हराएको थियो । हङकङपछि नेपाली टोलीले मकाउसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]