default_image

7 years ago

January 27, 2018

तेक्वान्दो प्रतियोगिता शुरु

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्रधान सेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता आजबाट सुरु भएको छ ।

नेपालमै पहिलोपटक विद्यालयस्तरमा अध्ययनरत छात्राहरुका लागि विभिन्न तौल समूहमा आयोजना गरिएको पहिलो प्रतियोगिता राजधानीको स्वयम्भुस्थित विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा शनिबारबाट शुरु भएको हो । प्रतियोगितामा १९ विद्यालयका १ सय ५० खेलाडीको सहभागिता रहेको छ ।

जुनियर र सिनियर गरी जम्मा १३ वटा तौल समुहमा फाईटिङ तथा एकल पुम्से र ग्रुप पुम्से गरी जम्मा २ समूहमा पुम्सेको प्रतिस्पर्धा गराईने छ । प्रतियोगिता सञ्चालनका निमित्त नेपाल तेक्वान्दो संघबाट १४ जनाको महिला नै जुरी तथा रेफ्रीहरु खटिएका छन् ।

सैनिक श्रीमती संघका अध्यक्ष रीता क्षत्रीले पानसमा बत्ति बाली प्रतियोगिताको उद्घाटन गरिन् । प्रतियोगिता माघ १५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा १७ स्वर्ण, १७ वटा रजत र ३४ वटा काश्य पदक प्रदान गरिने छ ।

आ–आफ्नो डोजाङका खेलाडीले प्राप्त गरेको पदक तालिकाको आधारमा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका जुनीयर र सिनियर तौल समूहका उत्कृष्ट खेलाडीलाई उत्कृष्ट खेलाडीको ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरिने छ ।

March 26, 2025

च्यासलको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- च्यासल युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित दर्ज गरेको छ। च्यासलले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले हराउँदै महत्वपपूर्ण ३अंक जोड्यो। एन्फा कम्प्लेक्समा आज भएको तेस्रो चरणको पहिलो खेलमा दुवै टोली पहिलो जितको खोजीमा थिए। पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। दोस्रो हाफ च्यानलको लागि सुखद रहयो। ५८ […]

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

Success

Thank you for your time.