7 years ago
January 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ र हङकङ भलिबल संघबीच शुक्रबार भएको औपचारिक भेटमा दुई देशको प्रशिक्षकबीच अनुभव आदानप्रदान कार्यक्रम गर्ने मौखिक सहमति भएको छ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माको नेतृत्वमा रहेको नेपाली टोली र हङकङ भलिबल संघका विकास निर्देशकबीच शुक्रबार भएको औपचारिक भेटघटमा २ देशको प्रशिक्षकबीच अनुभव आदानप्रदान कार्यक्रम गर्ने सहमति भएको हो । नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले हाललाई मौखिक सहमति भएको र छिट्टै सम्झौता पत्रमा हस्ताक्षर हुने बताए ।
नेपाली भलिबल टोलीका प्रशिक्षक जगादिश भट्टले प्राविधिक रुपमा भलिबलले विश्वमा धेरै फड्को मारी सकेकाले प्रविधिमा आब्बल हङकङसँगको यो कार्यक्रमले नेपाली भलिबललाई पनि बलियो बनाउन महत्वपूर्ण हुने बताए । उनले थपे, ‘भलिबल विकासका लागि यो अति महत्वपूर्ण सम्झैता हो र लक्ष्य प्राप्त भए खेलडी जन्माउन कोशेढुङा सावित हुनेछ।’
हङकङ निवास नेपाल भलिबलका इष्ट एसिया सदभावना दुत निरन्जन गुरुङ र सल्लाहकार जयनारायण चौधरीको समन्वयमा यहाँको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली बिहीबार हङकङ आएको छ । शुक्रबार नै पर्वत क्लब, हङकङले राष्ट्रिय भलिबल टोलीलाई सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
हङकङ एन आर एनले पनि नेपाली टोलीलाई स्वागत गर्दै विजयको शुभकामना दिएको थियो । हङकङ एन आर एनका अध्यक्ष टिका गुरुङले फेब्रुअरी १९ मा हङकङ महिला फुटबल टोली र सशस्त्र प्रहरी बल एपिएफबीच मैत्रिपूर्ण खेल हुने जानकारी दिए । नेपालले आईतबार र सोमबार हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । लगत्तै मकाउसँग बुधवार मैत्रिपूर्ण खेल खेल्नेछ ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]